कन्सर्ट गरी फर्कियो प्राना मुण्डी व्याण्ड


काठमाडौं । गत बैशाख १२ को विनाशकारी भूकम्प पछि नेपालको पर्यटन क्षेत्रको पुनर्उत्थानको लागि प्राना मुण्डी व्याण्डले एक महिने युरोप यात्रा पुरा गरी नेपाल फर्किएको छ । ‘भिजिट नेपाल–हेल्प नेपाल राइज’ भन्ने नाराका साथ व्याण्डले गत सेप्टेम्बर २ देखि ३० तारिखसम्म यूरोपका ७ देशमा २७ वटा लाइभ क्लासिकल म्यूजिक कन्सर्ट गरेको थियो ।
Band-Groupव्याण्डका मेनेजर रविन सिटौलाका अनुसार व्याण्डले बेल्जियम, स्वीटजरल्याण्ड, जर्मनी, हल्याण्ड, भियना र इटालीमा कन्सर्ट गरेको थियो । ‘व्याण्डले स्वीटजरल्याण्डको जुरिच म्युजियममा करिब १ हजार दर्शकमाझ सांगीतिक प्रस्तुति दिएको थियो, यो म्युजियममा प्रस्तुति गर्ने नै हाम्रो व्याण्ड पहिलो थियो, यसबाहेक इटालीको मिलानमा भएको एक प्रदर्शनीमा आयोजकले नेपाल विशेष भनेर स्टल नै छुट्याईदिएका थिए,’सिटौलाले भने,‘मिलानमा भएको कार्यक्रममा नेपालका र इटाली दुवै देशका मन्त्रीहरु, कुटनीतिकज्ञहरु र दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।’

व्याण्डले सातैवटा देशमा शास्त्रीय र नेपाली लोक संगीत प्रस्तुत गरेको थियो । ‘हामीले सांगीतिक प्रस्तुतिसँगै नेपालको पर्यटन र यसले अर्थतन्त्रमा पु¥याएको फाइदाका बारेमा पनि छलफल गरेका थियौं ।’ सिटौलाले भने ।

व्याण्डमा मनोज गौतम तबला र मादलमा, प्रताप केसी बाँसुरीमा, विजय श्रेष्ठ सितारमा र सुरेन लामा गीतारमा छन् । व्याण्डको यूरोप यात्रालाई सगुन डटकमले सहयोग गरेको थियो । सगुन डटकमले वैशाख १२ यता आएको भूकम्प पछि नेपालमा राहत र पूननिर्माणमा क्रममा भुकम्म प्रभावित क्षेत्रमा विद्यालय निर्माण, शौचालय निर्माण तथा एकिकृत बस्ती निर्माणमा काम गरेको छ । ‘नेपालीले बनाएको सामाजिक सञ्जाल सगुन डटकम पर्यटन क्षेत्रको पुनर्उत्थानको अभियानमा जोडिएकोले हामी निकै उत्साहित भएका छौ ।’ सिटौलाले भने । कार्यक्रमको व्यवस्थापन यु र्टन इन्टरटेनमेन्टले गरेको थियो ।

सिटौलाले व्याण्डले डिसेम्बर पछि जापानमा पनि कार्यक्रम गर्ने योजना बनाएको छ । उनका अनुसार यूके र कोरियामा पनि कार्यक्रमका लागि कुरा भईरहे पनि मिति फाइनल भईसकेको छैन ।

SUBSCRIBE 👉