मिस नर्स नेपाल २०७२ को शुरु भयो तयारी । आवेदन फर्म गरियो खुल्ला


स्वस्थ्य पेशा सँग सम्बधित एक मात्र सौदर्य प्रतियोगिता मिस नर्सको तेस्रो संस्करण ‘मिस नर्स नेपाल २०७२’ आयोजना हुने भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले प्रेस बिज्ञाप्ती मार्फत ‘मिस नर्स नेपाल २०७२’का लागी आवेदन खुल्ला गरिएको जनाएको छ। राजधानीमा आगामी पुष २५ गते आयोजना हुने प्रतियोगीतामा पुर्व मेची देखि पश्चिम महाकालीसम्मका नर्सिङ कलेजका विद्यार्थी र अस्पतालमा कार्यरत नर्सहरुले सहभागिता जनाउन सक्नेछन।

Miss Nurse Nepal

File photo: Miss Nurse Nepal

देशका प्रमुख शहरहरुमा गरिने अडिसनबाट छनौट भएका उत्कृष्ट प्रतियोगीहरु बिच अन्तिम प्रतिस्पर्धा गराएर मुख्य उपाधि सहित १२ विभिन्न उप-विधामा पुरस्कृत गरिने बताईएको छ। प्रतियोगिता अन्तिम स्पर्धाका लागी छानिएका प्रतियोगिलाई आवश्यक प्रशिक्षेण दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण दिइनेछ।

प्रतियोगितामा सहभागीताका लागी नर्सिङ कलेजमा कम्तिमा एक बर्ष अध्यायनरत तथा कुनै पनि नर्सिङ संस्थामा कार्यरत २८ वर्ष उमेर ननाघेको हुनु पर्ने र उचाई कम्तीमा ५ फिट हुनु पर्नेछ। आवेदन फारम ४ मंसिरसम्म वितरण हुने र प्रतियोगितको पहिलो अडिसन ५ मंसिरमा राजधानीमा हुनेछ। आवेदन फारम नेक्स्ट मोडल्स नेपालको अनामनगरस्थित कार्यालय तथा ‘नेक्स्टमोडल्स नेपाल डट कममा उपलब्ध हुने जानकारी दिइएको छ।

SUBSCRIBE 👉