गायिका शान्ता जिसीको सांगीतिक एल्बम “बाचा” सार्वजनिक


गायिका शान्ता जिसीले गाएका आधुनिक गीतहरुको गीति संग्रह ‘बाचा’ सोमबार काठमाडौंमा लोकार्पण गरिएको छ। संगीतकार शक्ति बल्लभ, गीतकार डा.कृष्णहरी बराल, संगीतकार सन्तोष श्रेष्ठसहितको समुहले सात वटा गीतहरु संग्रहित एल्बम सार्वजनिक गरेको हो।

shanta gc audio album release समारोहमा गीतकार डा.कृष्णहरी बरालले गायिका शान्ता जिसीको गायन प्रतिभाको प्रसंसा गरेका थिए । प्रमुख अतिथी संगीतकार शक्ति बल्लभले नेपाली सांगीतिक क्षेत्रमा सुगम संगीतले पाएको लोकप्रियताको प्रसंसा गर्दै ‘बाचा’ एल्बममा समावेश गीतले स्रोताको मन जित्ने आशा व्यक्त गरे।

समारोहमा गायिका जिसीले विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहे पनि गीति एल्बम तयार पार्न समय लागेको स्पष्ट पारिन्। केही वर्षदेखि श्रीमान सँगै जापानमा बसोबास गर्दै आइरहेकी गायिका जिसीले बुटबलको बागेश्वरी संगीतालयबाट संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेकी हुन्। ‘बाचा’ एल्बमलाई बागेश्वरी संगीतालयले नै प्रस्तुत गरेको हो। एल्बमका केही गीतमा गायिका जिसीका सांगीतिक गुरु सुरेश सेन्चुरीको शब्द तथा संगीत पनि सुन्न सकिन्छ।

एल्बमका गीतका डा.कृष्णहरी बरालले रचना गरेका दुई वटा गीतहरु समावेश छन्। ती मध्ये ‘बाचा बाचा…’ गीतको म्युजिक भिडियो समारोहमा प्रिमियर गरिएको थियो। एल्बमका अन्य गीतमा सन्तोष श्रेष्ठ तथा बीबी अनुरागीको संगीत निर्देशन छ भने सुमन श्रापित, शोभा पुन, कमला क्षेत्री तथा सुरेश सेन्चुरीले पनि एल्बमका गीत रचना गरेका छन्।

SUBSCRIBE 👉