टर्कीमा आयोजित लिटिल मिस एण्ड मिष्टर युरेशियामा समृद्धि र संयुक्तिलाई अवार्ड


हालै टर्कीको अन्तालियामा सम्पन्न ‘लिटिल मिस एण्ड मिष्टर युरेशिया २०१५’ नामक बालबालिका सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा मुल्यांकन प्रतियोगितामा नेपालका तर्फबाट सहभागि भएका दुई बालिकाहरुले अवार्ड जित्न सफल भएका छन्। प्रतियोगितामा सहभागि भएकी दश वर्षिया समृद्धि थापाले फस्ट रनर अप लिटिल मिस युरेशिया २०१५ सहित लिटिल मोडलको अवार्ड जित्न सफल भइन् भने उनकै सहोदर बहिनी नौ वर्षिया संयुक्ति थापाले लिटिल प्रिन्सेस् युरेशिया २०१५को अवार्ड जितेकी छिन्।

Sambridhi and Samyukti grab awards at Little Miss and Mister Eurasia 2015

Sambridhi and Samyukti grab awards at Little Miss and Mister Eurasia 2015

समृद्धिले यस प्रतियोगिता मार्फत् हलिउड प्रशिक्षणका लागि डाइरेक्ट एन्ट्री पनि हात पारेकी छिन्। यो प्रशिक्षण आगामी जनवरी १६ देखि अमेरिका स्थित लस एन्जल्समा रहेको स्टुडियो अफ हलिउडमा संचालन हुनेछ । प्रतियोगितामा भारतकी पाँच वर्षिया निविन निरज वेदले लिटिल मिस युरेशिया २०१५को ताज पहिरिन सफल भएकी छिन् । प्रतियोगितामा १९ राष्ट्रका २६ जना बालबालिकाको सहभागिता रहेको थियो। समृद्धि र संयुक्तिको उल्लेखीत प्रतियोगितामा सहभागिता लागि संयोजन र सहकार्य ई प्लानेट प्रा.लि.ले गरेको हो। ई प्लानेटका सन्तोष सापकोटालाई सो प्रतियोगितात्मक कार्यक्रममा सहभागि १९ राष्ट्र मध्येबाट वेष्ट नेसनल डाइरेक्टरको अवार्ड प्रदान गरिएको थियो।

SUBSCRIBE 👉