जीवनकालमा हरेक मानिसले आफ्नो जन्मभुमीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्झिन्छन् नै। तर आफ्नो जन्मभूमीलाई सम्झनामा मात्रै सिमित नराखी काम नै गरेर योगदान गर्ने मध्येका एक हुन् तुला पर्वत। मन भित्र मातृभुमिको प्रगाढ माया बोकेर परदेशिएका एक नेपाली योद्धा जस्ले विदेशमा बसेर पनि स्वदेशको कला र संस्कृतिको जर्गेनाका खातिर दिमाग खियाउने काम गरेका पर्वत मुलुकका एक कर्मठ स्रष्टा समेत हुन्। चितवनबाट काठमाडौँ आई काठमाडौँबाट परदेशीएका तुलाले विदेशमा आफ्नो परिवारलाई जत्तिकै सम्झिरहने अर्को एउटा विषय हो आफ्नो मातृभूमिमा कुनै न कुनै नयाँ काम गरेर देखाउने एउटा अठोट।
त्यही अठोट लिएर काममा कर्तव्यनिष्ठ भएर केही देशभक्ति गीत र राम्रा म्युजिक भिडियो समेत राष्ट्रलाई योगदान गरिसकेका तुला संघर्षका क्रममा मातृभूमि चितवनदेखि काठमाडौँ हुँदै मकाउसम्मको यात्राका क्रममा धेरै नै आरोह अवरोह खेप्दै आएपनि गीत संगीतलाई उनले आफ्नो पिर मर्का भुलाउने एक ससक्त माध्मका रुपमा हेर्दै आएका छन। भन्छन् गीत संगीत नहुँदोहो त म टुहुरो नै हुने थिँए। विदेशमा छँदा कलालाई मन बुझाउने माध्यमका रुपमा हेर्दै आएका तुला पछिल्लो समय सामाजिक काममा पनि उत्तिकै रुपमा सर्मपित भएका छन्। गायक तथा संगितकार चितवन पटिहानी सुन्दरबस्ती निवासी पर्वतले पटिहानीको चौकीडाडामा हालै आफ्नो नयाँ भिडियोको छायांकन सम्पन्न गरेका छन्।

हाम्रौ चितवन बोलको भिडियो ल्याउने तयारीमा जमेका तुलाले भिडियो छायांकनकै शिलशिलामा चितवनकै जन्मस्थान पटीहानी सुन्दरवस्तीका असहाय तथा दिनदुखीहरुलाई करिब १ लाख हाराहारीको खाद्यायन्न, लत्ताकपडा लगायतका राहात सामाग्री वितरण गरेका छन्। आफु मात्रै नबाचीँ, दिनदुखी र असहायका लागी पनि केही गर्ने सोच राख्ने तुला सामाजिक अभियन्ताका रुपमा पनि काम गर्न चाहान्छन्। यति मात्रै होइन तुलासँग अन्य योजना पनि छन् जस्ले उनको भित्रि मनको इच्छालाई पुरा गर्छ । त्यो योजना हो हरेक वर्ष उनले दिनदुखीलाई ६० हजार भन्दा माथिको बजेट दिनदुखीका नाममा खर्च गर्ने योजना नै बनाएर काम अगाडी बनाउने।
मेरो जन्मभुमी र मेरो मान्छे नभइृ उनले जात र धर्म छाडेर निरन्तर कर्ममा विश्वास गर्दै सामाजिक कर्ममा पनि जोड दिने बताउँछन् । तुला हालै छोटो समयका लागी नेपाल आएको अवसरमा उनले आफ्नो जन्मस्थान आसपासका करिब २० घरधुरीलाई राहात वितरण गर्न भ्याए । तुलाले सुन्दर युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगीताका बिजेता खेलाडीलाई समेत सम्मान गर्न बाँकी राखेनन्। छोटो समयको नेपाल बसाइको क्रममा तुलाको राहात वितरण तथा सम्मान कार्यक्रममा नेपाल टेलिभिजन संचालक समितिका अध्यक्ष महेश दाहाल, नेपाल भलीवल संघका केन्द्रिय सल्लाहाकार विष्णुराज महतो, पूर्व जिविस सदस्य खेमलाल भट्ट, पटिहानी खेलकुद परिषदका अध्यक्ष रामहरी शेढाईको पनि उपस्थिति रहेको थियो।
त्यस्तै राहत वितरण कार्यक्रममा पर्वतकी छोरी सृषा कुवँरले पनि सहभागीता जनाएकी थिइन्। तुलाको हालै छायंकन सम्पन्न भएको एल्बममा सृषा र पल शाहको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन निर्देशन प्रसन्न पौडेलले गरेका छन् भने बिदुर पाण्डेले छायांकन र सम्पादन टेकेन्द्र शाहले गरेका छन्।









