मिसेस् टप अफ द वर्ल्डमा रजनी थापा भईन फोर्थ रनर अप


टर्कीको अन्तालियामा नोभेम्बर १३ देखि १८ सम्म सम्पन्न ‘मिसेस् टप अफ द वल्र्ड २०१५’ प्रतियोगितामा नेपालका तर्फबाट सहभागिभएकी रजनीथापाले फोर्थ रनर अपको उपाधि जित्न सफलभएकी छिन्। उनी प्रतियोगिमा मिसेस् डायमण्ड टप अफ द वल्र्डको अवार्ड पनि जित्न सफलभएकी छिन्। ई प्लानेटको आयोजनामा सम्पन्न दोस्रो संस्करणको मिसेस् नेपालप्रतियोगिताकी विजेता रजनीथापाले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको यो चौथो पटक हो।
Rajani Thapa wins 4th runner-ups at Mrs Top of the World

रजनीले चारवटै अवसरमा सफलताको स्वादचाख्न सफल रहिन्। यस अघि ‘मिसेस ग्लोब २०१३’ मा नेपालको तर्फबाट सहभागिता जनाएकी उनले ‘मिसेस् फिलेन्थ्रोपी’ विधाको अवार्ड जित्न सफल भएकी थिइन्। यसै गरी मिसेस् युनिभर्स २०१४ मा ब्युटिफुल लेडीको अवार्ड जितेकी रजनीले मिसेस् ग्लोब २०१४ मा लिडर अफ द इयरको अवार्ड जित्न सफल भएकी थिइन्। ई प्लानेटको संयोजन र सहकार्यमा मिसेस् टप अफ द वल्र्डमा सहभागि भएकी रजनी सन् २०१३ देखि सामाजिक संस्था रक्षा नेपालका सद्भावनादूत समेत रहेकी छिन्।

मिसेस् टप अफ द वर्ल्डमा रजनी थापा – फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

दुई दर्जन भन्दा बढी विवाहित सुन्दरीहरुको सहभागिता रहेको मिसेस् टप अफ द वल्र्ड २०१५ को उपाधि भने बुल्गेरियाकी गालेना डिमोभाले चुमेकी छिन्। यसैगरी फस्ट रनर अपतर्फ कोलम्बीयाकी माल्का डेनेभिस, अजरवैजानकी तेहेरानाबाह्रुजी सेकेन्ड रनर अप तथा साइबेरियाकी नस्तास्जा आभ्याजोभा थर्ड रनर अप विजेता चयन भए।

SUBSCRIBE 👉