‘को होला त्यो…’ गायक सुनिलको नयाँ गीत ‘लेकाली माया’ [भिडियो]


‘को होला त्यो…’ बोलको गीतले चर्चाको शिखरमा पुगेका गायक सुनिल गिरीले ‘को होला त्यो -२’ पनि सार्बजनिक गरिसकेका छन्। ‘को होला त्यो -२’ पनि सर्वाधिक चर्चामा रह्यो। को होला त्यो, देउराली भन्ज्याँङ्, को होला त्यो २ जस्ता सर्वाधिक लोकप्रिय गीतहरु दिएका गायक सुनिल गिरीले यस पटक भने आफ्नो म्युजिक भिडियोमा केहि नयाँपन दिनका लागी नेपालकै सुन्दर रारा तालमा पुगेर छायाँकन गरे।

sunil giri lekali maya video song

भिडियोलाइ रारा तालको मनोरम दृश्यले धेरै आकर्षक बनाएको छ।  ‘लेकाली माया’ बोलको यो गीतले पुन: गायकलाई चर्चामा ल्याउने अनुमान लगाउन सकिन्छ। केहि समय अघि नै रिलिज भईसकेको यो भिडियो लाई पीएनपी मिडियाले पुन: यु ट्युब मार्फत सार्बजनिक गरेको हो।

गीतको शब्द रचना र संगीत स्वयम गायक सुनिलले नै गरेका हुन। सुमन गुरुङका साथ गाएको सुनिलको गीत ‘लेकाली माया’मा क्रिस्टिना थापा र नशिब अधिकारीले अभिनय गरेका छन्। निर्देशक प्रविण भट्टले उक्त म्युजिक भिडियोलाई निकै मिहिनेत र कष्ट सहेर बनाएकोले होला राम्रो बनेको बताएका छन्। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉