को बन्लिन् मिस ग्लोब इन्टरनेशनल नेपाल २०१५ ?


स्टार वन इन्टरटेनमेन्टले यसै महिनाको दोस्रो साता राजधानीमा युवतीहरुबिचको सौन्दर्य प्रतियोगिता मिस ग्लोब इन्टरनेशनल नेपाल २०१५ आयोजना गर्ने भएको छ। आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाका अनुसार नेपालका विभिन्न स्थानमा बसाई भए पनि हाल राजधानीमा बसोबास गर्दै आएका युवतीहरुको आन्तरिक क्षमता प्रदर्शन गर्ने थलोका रुपमा मिस ग्लोब इन्टरनेशनल नेपाल २०१५ आयोजना गर्न लागिएको हो।
Miss Globe International Nepal

उनका अनुसार विभिन्न विषय र विधामा २५ दिन लामो प्रशिक्षण दिएपछि प्रतिस्पर्धीहरुलाई प्रतियोगितामा उतार्न लागिएको हो। प्रतियोगितामा सामेल युवतीहरुलाई हाल विभिन्न क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिईरहेका छन्।

अश्वीनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताका प्रतियोगितहरुलाई मास फेसिङ, ग्रुमिङ, फेशन कोरियोग्राफी, डान्स, मेकअप, लिडरसिप, पर्सनालिटीलगयातका विषयमा प्रशिक्षण दिईरहेको निरौलाले जानकारी गराइन्।

दीक्षा गुरुङ, रक्षा रेग्मी, मोनालिषा धिमाल, सिर्जना डंगोल, सजना घिसिङ, अम्बिका चौधरी, सिलु पोखरेल, प्रिना तिवारी, सजनी श्रेष्ठ, कुसुम गुरुङ, मनिषा घिसिङ, भावना राई, अष्मिता श्रेष्ठ, जेनिता थापा, रोजिता कुँवर, दीमा शाही र दीपीका ठकुरीका बीच हुने अन्तिम प्रतिस्पर्धामा मिस ग्लोब इन्टरनेशनल नेपाल २०१५ का साथमा फष्ट, सेकेण्ड र थर्ड रनर्सअपका साथमा विभिन्न उप उपाधिमा विजेता चयन गरिनेछ।

SUBSCRIBE 👉