मिस नर्स नेपाल २०७२ [तेस्रो संस्करण] को अडिसन सुरु


मिस नर्सको तेस्रो संस्करण ‘मिस नर्स नेपाल २०७२’को अडिसन सुरु भएको छ। आइतबारबाट पहिलो चरणको प्रतियोगी छान्न अडिसन सुरु भएको हो। अडिसन अझै दुई साता चल्ने आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले जानकारी दिएको छ। प्रतियोगिताको अन्तिम अडिसन १९ गतेसम्म चल्नेछ।
miss nurse nepal 2072

नर्सिङ पेसाले समाजमा पुर्याएको योगदानको कदर र सम्मान गर्दै यस पेसामा भविस्य खोज्ने युवतीको प्रतिभा निखार्दै, समाज प्रति थप जिम्बेवार र उत्तरदायी बनाउने उदेश्य प्रतियोगिताको रहेको छ। पहिलो चरणको अडिसनमा डा. लोचन कार्की (नेपाल मेडीकल एसोसियसन), डा. आयुष्मान घिमिरे (मिष्टर नेपाल २०११), श्रीदेबी शर्मा (मिस नर्स २०७१ सेकेन्ड रनर अफ), रोजिन शाक्य (कोरियोग्राफर), रबी धमला (सिइयो नेक्स्ट मोडल्स नेपाल)लगायत निर्णायक रहेका थिए।

राजधानीमा आगामी पुष २५ गते आयोजना हुने प्रतियोगीतामा अन्तिम स्पर्धाका लागी छानिएका प्रतियोगिलाई व्यक्तित्व विकास, सन्चार कला शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सञ्चार कला, सामाजिक क्रियाकलाप, मेकअप, महिला ससक्तिकरण, प्रेरणा, नेतृत्व क्षेमता, सामाजिक संजालको सहि सदुपयोगलगायतका बिषयमा दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण दिइने बताईएको छ।

प्रतियोगीतामा मुख्य उपाधि सहित फष्टरनर अप, सेकेन्ड रनर अप, ब्युटी उइथ बिरेन, सोशल रेस्पोन्सिभल नर्स, मोष्ट ट्यालेन्ट, बेष्ट पर्सनालीटी, मोष्ट ब्युटिफुल, मिस फोटोजेनिक लगायत बिधामा समेत बिजेता छानिने छ।

SUBSCRIBE 👉