गायक प्रमोदको स्कुल निर्माण अभियानमा पासा पुचः (बेल्जियम)को आर्थिक सहयोग


गायक प्रमोद खरेलले थालेको भूकम्पबाट भत्किएको विद्यालय पुनःनिर्माण अभियानमा पासा पुचः (बेल्जियम)ले सहयोग गरेको छ। प्रमोदको अगुवाईमा दोलखास्थित सुन्दरावतीमा सरस्वती प्राथमिक विद्यालयको पुनःनिर्माण हुँदैछ, जसलाई बेल्जियममा रहेको पासा पुचःले १० लाख रुपिँया सहयोग गरेको हो।

पासाःपुचकी भुपु अध्यक्ष समेत रहेकी एनआरएन आइसिसी महिला सहसँयोजक रजनी प्रधानले प्रमोदसँगै शनिवार विद्यालयको अवलोकन समेत गरेकी छन्। ‘यहाँको अवस्था निकै दर्दनाक पाए। यस्तो दर्दनाक अवस्थामा मलम लगाउन पाउँदा खुशी छौँ, उनले भनिन्।singer pramod kharel in social work

त्यसैगरी पासा पुचःका निर्वतमान अध्यक्ष छितिज कुमार श्रेष्ठले आफुहरुको सामाजिक अभियान जारी रहने बताए। ‘विपन्न र असहाय परिवारका बालबालिकाको सहयोगमा हातेमालो गर्न पाउँदा आभारी छौँ। हाम्रो यो सामाजिक अभियान जारी रहनेछ’, उनले भने।

यस स्कुल निर्माण अभियानमा यसअघि मेचि अभियान, भुटानी समुदाय टेक्सास, नेपाली युथ ग्रुप यूके र गुरुङ ब्रदर्स युएसए नामक संस्थाले सहयोग गरेका थिए। पासाः पुचले केही समयअघि यूरोपमा गायक खरेलसमेतको सहभागितामा भब्य सांगितीक कार्यक्रम समेत आयोजना गरेको थियो।

भारतीय अघोषित नाकावन्दीका कारण उक्त स्कुल निर्माण अभियान सम्पन्न गर्न गाह्रो भइरहेको गायक अभियानलाई संयोजन गर्नुहुने गीतकार तथ समाजसेवी सुदिप रेग्मीले बताए। ‘नाकाबन्दीको कारण निर्माण प्रकृया रोकिएको छ। सामग्रीहरु निर्माण स्थलसम्म पुर्याउन सकेका छैनौ। चाँडै सुचारु गर्ने प्रयास गरिरहेका छौँ’, उनले भने।

SUBSCRIBE 👉