प्रिति गुरुङ बनिन् “मिस गण्डकी” सिजन दुई की विजेता


मिस गण्डकी सिजन दुईको ताज पोखरा खाल्टेमसिनाकी २२ वर्षिया प्रिति गुरुङको शिरमा परेको छ। २३ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज आफ्नो पोल्टामा पारेकी हुन्। चाँदीको ताजसँगै उनले एक लाख ७० हजार बराबरको फिन्सिङ स्कुटर पुरस्कार स्वरुप प्राप्त गरिन्।

miss gandaki season 2

Miss Gandaki Season 2 | Photo Courtesy: Sooraj Shrestha

उपाधीसँगै प्रितिले ‘बेस्ट फिगर’ टाईटल पनि जितिन्। प्रिति हाल नर्सिङ पेशामा आबद्ध छिन्। मिस गण्डकीको विजेता बनिसकेपछि प्रितिले निकै खुशि लागेको प्रतिक्रिया दिईन्। ‘म मेरो लक्ष्य प्राप्तिको लागि पुरै तम्तयार थिएँ।’ क्राउन पहिरिएपछि उनले भनिन्–‘लक्ष्य प्राप्तिको लागि मैले गरेको अथम मेहेनतको परिणाम मैले पाएकी छु।’ प्रितिले आगामी दिनमा आफु सामाजिक उत्तदायित्व हुने खालको क्रियाकलापमा बढि सक्रिय हुने प्रतिबद्धता जनाईन्।

त्यस्तै प्रतियोगितामा सिना क्षेत्री फस्ट रनरअप भईन्। उनले उपाधीसँगै एउटा आईप्याड पुरस्कार स्वरुप प्राप्त गरिन्। प्रतियोगितामा रेश्मा भट्टराई सेकेन्ड रनरअप हुनुसँगै मोस्ट पपुलर टाईटल जितिन् भने ईशाका थापा थर्ड रनरअपको टाईटलसँगै मोस्ट ट्यालेन्टेड टाईटल पनि जितिन्। सेकेन्ड रनरअप भट्टराईले उपाधीसँगै एउटा मोबाईल प्राप्त गरिन्। त्यस्तै थर्ड रनरअप ईशाका थापाले ‘स्पेशल गिफ्ट ह्याम्पर’ प्राप्त गरिन्।

रियल ईभेन्ट म्यानेजमेन्टको आयोजना र एसटी क्रियशनको व्यवस्थापनमा भएको मिस गण्डकी सिजन दुईमा विभिन्न २५ वटा शिर्षकमा उपाधी दिईएको थियो। मिस गण्डकी सिजन दुईको ग्राण्ड फिनालेको निर्णायकहरुमा संचारकर्मी कृष्ण भट्टराई, अभिनेत्री सुभेच्छा थापा, संचारकर्मी विमला भण्डारी, पोखरा उपमहानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेल, गायक युवराज चौलागाँई र पोखरेली युवा साँस्कृतिक परिवारका पुर्व अध्यक्ष शिव थापामगर रहेका थिए।

मिस गण्डकी सिजन दुईको कोरियोग्राफी सुरज थापामगरले गरेका हुन्। ‘यो ईभेन्टबाट हामीले पोखरामा अझै पनि सुन्दरी प्रतियोगिताको क्रेज छ भन्ने कुरा प्रमाणित गरेका देखाएका छौँ।’ कोरियोग्राफर थापाले भने–‘उचित व्यवस्थापन हुने हो भने सुन्दरी प्रतियोगिता शानदार हुन्छ भन्ने हामीले गरेर देखायौँ।’

त्यस्तै आयोजक संस्था रियल ईभेन्ट म्यानेजमेन्टका निर्देशक सुशिल पोखरेलले मिस गण्डकी सिजन दुई निकै सफल भएको दाबी गरे। ‘यो कार्यक्रम सफल हुनुमा प्रतियोगीहरु, आयोजक टिम, मिडिया र प्रायोजकहरु सबैको भुमिका छ।’ पोखरेलले भने–‘आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा हाम्रो कम्पनीले गरेको छ।’

SUBSCRIBE 👉