एउटै स्टेजमा एकै साथ तीन भिन्दा भिन्दै सौन्दर्य प्रतियोगिता


भारतले नेपालमाथि लगाएको नाकाबन्दीका कारण जनजीवन कष्टकर भइरहेका समयमा समेत आयोजनाको तयारीमा जुटेका तीन भिन्दा भिन्दै सौन्दर्य प्रतियोगिता एकैसाथ सम्पन्न हुने भएका छन्। एएनपी मिडिया हाउस, दक्ष इन्टरनेशनल प्रालि र स्टार वन इन्टरटेनमेन्टले देशको असहज परिस्थितीका बाबजुद क्रमशः टिचर आइकन अफ द इयर २०१५, मिस व्युटीफुल नेपाल २०१५ र मिस ग्लोब इन्टरनेशनल नेपाल २०१५ एकसाथ आयोजना गर्न लागेका हुन्।

करिब १ महिनादेखि एकैथलोमा प्रशिक्षण दिँदै तीनै सौन्दर्य प्रतियोगिता आगामी शनिबार आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्। तीनै प्रतियोगिता शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिने आयोजकहरुले जानकारी गराएका छन्। मिस व्युटीफुल नेपाल २०१५ बिहान हुनेछ भने टिचर आइकन अफ द इयर २०१५ र मिस ग्लोब इन्टरनेशनल नेपाल २०१५ दिउँसो एकसाथ हुनेछ।Beautry Contest in Nepal

तीनै प्रतियोगिताका प्रतियोगिले राजधानीमा आयोजित ट्यालेण्ट राउण्डमा आ-आफ्ना प्रतिभा प्रदर्शन गरेका छन्। मिस ट्यालेण्ट उापधिका लागि प्रतियोगिहरुले सांस्कृतिक र कलात्मक नृत्य, आधुनिक नृत्य, कराँते, गायन, अभिनय र वक्तृत्वकला प्रदर्शन गरेका थिए। ट्यालेण्ट राउण्डमा चलचित्र निर्देशक सुमन दाहाल, नायिका नन्दिता केसी, साहित्यकार तथा सञ्चारकर्मी सरोज प्याकुरेल, लेखक तथा साहित्यकार सुदन डोटेल र एसिएन कलेज अफ मेनेजमेन्ट एन्ड टेक्नोलोजीका सिइओ नितेश शाह निर्णायक रहेका थिए। मिस ट्यालेण्टको घोषणा अन्तिम स्पर्धाको दिन हुनेछ।

टिचर आइकन अफ द इयर २०१५ को आयोजक संस्था एएनपी मिडिया हाउसका अध्यक्ष लब कार्कीले वर्तमान समयमा मितव्ययिताको उदाहरण प्रस्तुत गर्नका लागि एक साथ कार्यक्रम आयोजना गर्न लागिएको बताए भने मिस ग्लोब इन्टरनेशनल नेपाल २०१५ को आयोजक संस्था स्टार वन इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले प्रतियोगितहरुमा मित्रताको भावना विकास गर्न यस प्रकारको संयुक्त आयोजनाले सघाउ पु¥याउने विश्वास व्यक्त गरिन्। त्यसै गरी मिस व्युटीफुल नेपाल २०१५ को आयोजक दक्ष इन्टरनेशनल प्रालिका अध्यक्ष तथा मेकअप आर्टिष्ट राज पाण्डेले यी तीन प्रतियोगिता मिलेर पनि काम गर्ने उदाहरण हुने बताए।

तीनै प्रतियोगिताबाट मूख्य उपाधिका साथमा फष्ट, सेकेण्ड र थर्ड रनर्सअपका साथमा विभिन्न उप उपाधिमा विजेता चयन गरिनेछ। तीनै प्रतियोगितामा अश्वीनी झाको कोरियोग्राफी रहनेछ। तीनै प्रतियोगिताका प्रतियोगितहरुलाई मास फेसिङ, ग्रुमिङ, फेशन कोरियोग्राफी, डान्स, मेकअप, लिडरसिप, पर्सनालिटीलगयातका विषयमा प्रभावकारी प्रशिक्षण दिईएको कोरियोग्राफर झाले जानकारी दिएका छन्।

SUBSCRIBE 👉