मोडल बिपना थापाको एउटै चलचित्रबाट अभिनयको रहर पुरा!


पाँच वर्षदेखि मोडलिङमा सक्रिय बिपना थापा तनहुँकी स्थायी वासिन्दा हुन्। सात वर्षअघि काठमाडौं आएर अध्ययन प्रारम्भ गरेको केही वर्षपछि नै बिपनाले र्याम्प मोडलिङमार्फत ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी हुन्। क्रिसमस इभको एउटा फेसन शोमा क्याटवाक गर्दै प्रारम्भ भएको बिपनाको मोडलिङ यात्रा विज्ञापन, म्युजिक भिडियो हुँदै चलचित्रसम्म आइपुगेको छ। अञ्जु पन्तको एउटा गीतको म्युजिक भिडियोमा अभिनय गरेर सानो पर्दाका दर्शकमाझ आएकी बिपनाले पछिल्लो पटक अर्जुन अधिकारीको निर्देश्ँनमा बनेको गायक महेन्द्र रायमाझीको ‘ठट्टा नगर…’ म्युजिक भिडियो सम्म आइपुग्दा उनि अभिनित म्युजिक भिडियोको संख्या डेढ दर्जन पुगिसकेको छ।
model bipana thapa photo

यो अवधीमा बिपनाले ‘द लभ अफ सुनामी’ शीर्षकको चलचित्रमा समेत अभिनय गरेकी छिन्। पछिल्लो समय दुई ठूला चलचित्रबाट नायिकाको प्रस्ताव आए पनि बिपनाले त्यसलाई अस्विकार गरेकी छिन्। पहिलो चलचित्र प्रदर्शन नहुँदै बिपनाले चलचित्रबाट अनौपचारिक सन्यास नै लिइसकेकी छिन्। ‘अब चलचित्रमा काम नगर्ने, बिपनाले एउटै चलचित्रबाट अभिनयको रहर पुरा भएको बताउदै भनिन् ‘अहिले कोरियोग्राफीमा सक्रिय छु, यसमै व्यस्त भैरहने छु।’

मोडल बिपना थापाको ग्ल्यामरस फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

यसबीच बिपनाले एसएलसी प्रिन्सेस, स्कूल प्रिन्सेस, किन्डरगार्टेन प्रिन्सेस जस्ता सौन्दर्य प्रतियोगिताको कोरियोग्रँफी गरिसकेकी छिन्। ५ फिट ५ ईन्च अग्ली बिपना फुर्सदमा पुस्तक अध्ययन गर्नुका साथै ईन्टरनेटमा रमाऊछिन्। नृत्य तथा भ्रमण उनका सौखहरु हुन्। क्याजुअल वेयरकी पारखी बिपना प्रेममा विश्वास गर्छिन्। भविष्यमा बिपनाले प्रेम विवाह नै गर्ने योजना बनाएकी छिन्।
कान्तिपुर साप्ताहिक बाट: शब्द – कृष्ण भट्टराई / तस्बिर – महेश प्रधान / श्रृंगार – सरोज पाण्डे

SUBSCRIBE 👉