एउटै स्टेज, २ फरक सौन्दर्य प्रतियोगितामा सन्ध्या केसी र मोनालिषा धिमाल विजेता घोषित


सन्ध्या केसी टिचर आईकन अफ द इयर २०१५ तथा मोनालिषा धिमाल मिस ग्लोब इन्टरनेशनल २०१५ विजेता घोषित भएका छन्।

राजधानीमा सम्पन्न सौन्दर्य प्रतियोगितामा सन्ध्या केसी टिचर आईकन अफ द इयर २०१५ तथा मोनालिषा धिमाल मिस ग्लोब इन्टरनेशनल २०१५ भएका छन्। शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न दुई भिन्दा भिन्दै प्रतियोगितामा सन्ध्या टिचर आईकन अफ द इयर २०१५ र मोनालिषा मिस ग्लोब इन्टरनेशनल २०१५ भएका हुन्।

teacher icon of the year

Teacher Icon of the year 2015

एएनपी मिडिया हाउसद्धारा आयोजित टिचर आईकन अफ द इयर २०१५ मा सन्ध्या मुख्य उपाधिका साथ मष्ट फोटोजेनिक पनि भइन्। प्रतियोगितामा अञ्जु खड्का फष्ट रनर्सअपका साथै मष्ट पपुलर र वेष्ट स्पीच, कविता शिवाकोटी सेकेण्ड रनर्सअप र वेष्ट पर्सनालिटी, जानुका थापा थर्ड रनर्सअप र मष्ट ट्यालेण्ट तथा विनु थापा फोर्थ रनर्सअप र वेष्ट फिजीक भएका थिए। कुल १४ प्रतियोगितले स्पर्धा गरेको प्रतियोगितामा सिर्जना शिवाकोटी वेष्ट हेयर, सञ्जिवनी श्रेष्ठ वेष्ट स्माईल, सुष्मा श्रेष्ठ मष्ट व्युटिफुल, शर्मिला फुयाँल वेष्ट स्किन, अप्सरा बानियाँ फेसबुक च्वाईस, प्रतिमा काप्mले मष्ट डिसिप्लेन, राधिका ऐर मष्ट फ्रेण्डली, गीता श्रेष्ठ मष्ट चार्मिङ र प्रमिला श्रेष्ठ वेष्ट फिटनेस भएका छन्।

Miss Globe International Nepal 2015

Miss Globe International Nepal 2015

गीत संगीत र नृत्य प्रस्तुतिका साथ सञ्चालित ५ घण्टा लामो कार्यक्रमअन्र्तगतको अर्को प्रतियोगिता मिस ग्लोब इन्टरनेशनल तर्फ मोनालिषा धिमाल मुख्य उपाधिका साथ वेष्ट फिटनेसको उप उपाधि जित्न सफल भएकी थिइन्। स्टार वन इन्टरटेनेमेन्टद्धारा आयोजित प्रतियोगितामा प्रिना तिवारी फष्ट रनर्सअप र व्युटी विथ पर्पस, रोजिता कुँवर सेकेण्ड रनर्सअप र मिस फोटोजेनिक, सजनी श्रेष्ठ थर्ड रनर्सअपका साथ मिस व्युटिफुल भएका थिए। १६ प्रतियोगितबिच भएको कडा प्रतिस्पर्धामा जेनिता थापा मिस ट्यालेण्ट र मिस क्याटवक, रक्षा रेग्मी मष्ट पपुलर र मष्ट फ्रेण्डली, दीक्षा गुरुङ वेष्ट पर्सनालिटी, अम्बिका चौधरी फेसबुक च्वाईस, कुुसुम गुरुङ वेष्ट स्माइल, सुजना डंगोल वेष्ट फिजीक्स, सजना घिसिङ वेष्ट स्कीन, दीपीका ठकुरी मष्ट चार्मिङ, अस्मिता श्रेष्ठ मिस कन्जिनियालीटी, मनिषा घिसिङ वेष्ट हेयर, भावना राई वेष्ट डिसीप्लेन र सिलु पोखरेल फेसन आइकन भएका थिए।

अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न दुबै प्रतियोगितामा गायक डा. रञ्जित कुमार झा, मिसेस नेपाल इन्टरनेशनल २०१५ सविता लामिछाने, सञ्चारकर्मी सुर्य चन्द र एसियन कलेजका सिइओ नितेश साह निर्णायक रहेका थिए। प्रतियोगिताको बिच बिचमा गायिका दीपा लामाले गीत संगीत प्रस्तुत गरेर तथा मनिषा राई नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए। देशको असहज परिस्थितका बाबजुत कार्यक्रममा उल्लेख्य दर्शक थिए।

SUBSCRIBE 👉