जेनिफर भईन मिस व्युटिफुल नेपाल २०१५


देशको असहज परिस्थितिका बाबजुद दक्ष इन्टरनेशनलले राजधानीमा आयोजना गरेको युवतीहरुबिचको सौन्दर्य प्रतियोगितामा जेनिफर विङदेल मिस व्युटिफुल नेपाल २०१५ भएकी छिन्। जेनिफरले मिस व्युटिफुल नेपाल २०१५ कासाथ वेष्ट स्कीनको उपाधि पनि जितेकी छिन्।

Miss Beautiful Nepal 2015

Miss Beautiful Nepal 2015

१२ युवतीका बिच सम्पन्न प्रतियोगितामा सिर्जना राई फष्ट रनर्सअपका साथ मष्ट चार्मिङ, नितु बञ्जरा सेकेण्ड रनर्सअपका साथ मिस कन्जिनियालिटी र व्युटी विथ पर्पस, अलिना केसी थर्ड रनर्सअपका साथ फेसबुक च्वाईस र फोटोजेनिक, तथा कविता गौतम फोर्थ रनर्सअपका साथ मष्ट ट्यालेण्ट घोषित भएका छन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा चमक दमकका साथ आयोजित प्रतियोगितामा सिर्जना शर्मा मष्ट पपुलर र वेष्ट क्याटवक, अलिसा थापा मष्ट फ्रेण्डली, लीना पुन मगर मष्ट डिसिप्लेन, उमा झा वेष्ट फिजीक, सपना श्रेष्ठ वेष्ट फिटनेश, अमिरा श्रेष्ठ वेष्ट हेयर र सजना माझी वेष्ट स्माइल भएका छन्।

प्रतियोगितामा नृत्य निर्देशक राजु शाह, नायिका रेजिना उप्रेती, चलचित्र निर्माता तथा वितरक प्रदिपकुमार उदय, सूचना आयोगकी उपाध्यक्ष यसोदा तिमिल्सिना, डिएसपी लोकेन्द्र श्रेष्ठ र सञ्चारकर्मी सुर्य चन्द निर्णायक रहेका थिए। कार्यक्रममा राजु पाठक र सरु गौतमले गीत संगीत बनाएर सांगितीक माहौल सिर्जना गरेका थिए भने बेली डान्स रञ्जिता शिवाकोटीले बेली डान्स र मनिषा राईले राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन तथा सन्देश प्रदान गरेका थिए। युवतीहरुमा अन्र्तनिहीत प्रतिभाको उजागर गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्था दक्ष इन्टरटेनमेन्टका अध्यक्ष राज पाण्डेले बताए।

SUBSCRIBE 👉