पुस १५ गते ग्राण्ड फिनाले हुने मिस पोखराको प्रशिक्षण राउन्ड शुरु


मिस पोखराको सातौ सँस्करणको प्रशिक्षण राउन्ड शुरु भएको छ। तीन वटा अडिसनबाट छानिएर आएका १७ जना युवतीहरु यतिबेला प्रशिक्षणमा सहभागी भईरहेका छन्। मिस पोखराको आयोजक संस्था पोखरा जेसिजले सहभागी युवतीहरुका लागि नेतृत्व र व्यक्तित्व विकासको बारेमा प्रशिक्षण दिईराखेको जनाएको छ।

miss pokhara groomingयस पटक ‘ईभेन्ट्स फर यू’ इभेन्ट कम्पनीको ब्यबस्थापनमा ‘मिस पोखरा’ हुँदैछ। व्यवस्थापनको हिसाबले हामीले मिस पोखराको यो सँस्करणलाई निकै उत्कृष्ट तवरले अगाडि बढाईराखेका छौँ।’ ईभेन्ट्स फर यूका अध्यक्ष विशाल गुरुङले भने ‘मिस पोखराको उचाईलाई अझै गरिमामय बनाउने कुरामा हामी दृढ छौँ।’

प्रतियोगीहरुलाई नेपाल जेसिजका पुर्व अध्यक्ष तथा जेसिज ईन्टरनेशनलका उपाध्यक्ष राजु खत्री, पोखरा जेसिजका अध्यक्ष सल्लाहकार दिपेन्द्र पहारी, संचारकर्मी विमला भण्डारी र ईभेन्ट्स फर यूका सुशिल नेपालीले व्यक्तित्व, नेतृत्व विकास सँगै कुराकानी गर्ने शैलीको बारेमा प्रशिक्षण दिईसकेका छन्। प्रशिक्षणमा सहभागी युवतीहरुलाई अन्य महत्वपूर्ण प्रशिक्षण पनि दिईने आयोजकले बताएको छ।

यस्तै आयोजक पोखरा जेसिज र ईभेन्ट्स फर यूले मिस पोखरामा सहभागी हुन चाहने यूवतीहरुकालागि अझै तीन स्थान खाली राखेको समेत जनाएको छ। ‘मिस पोखराको अडिसन राउण्ड थोरै भएको र समय छोटो भएको भन्दै गुनासो आएपछि हामीले तीन युवतीहरुको लागि थप स्थान बनाएका हौँ।’ ईभेन्ट व्यवस्थापक सुशिल नेपालीले भने ‘ईच्छुक र प्रतिभावान युवतीहरुले सम्पर्क गर्न सक्नेछन।’

यस अघि प्रतियोगिताको पुस तीन गते ग्राण्ड फिनाले गर्ने गरि ईभेन्टलाई अगाडि बढाएको थियो तर देशको अप्ठ्यारो परिस्थितीका कारण ग्रान्ड फिनाले पुस १५ गते तय गरिएको छ। ‘देश नै अप्ठ्यारो परिस्थितीबाट गुज्रनुपरेको वर्तमान अवस्थामा हामीले पनि प्रतियोगिताको ग्राण्ड फिनाले सार्न बाध्य भयौँ।’ पोखरा जेसिजले भनेको छ ‘यद्यपी प्रतियोगितालाई सुन्दर तरिकाले अगाडि बढाउन हामीले कुनै कसर भने बाँकी राख्दैनौँ।’

मिस पोखराको सातौँ सँस्करणको विजेताले पुरस्कार स्वरुप पचास हजार नगद, एउटा स्कुटर र गोल्डेन क्राउन प्राप्त गर्नेछिन्। पोखराको हकमा सुन्दरी प्रतियोगिताको विजेतालाई गोल्डेन क्राउन पहिराउन लागिएको यो पहिलो पटक हो। त्यस्तै प्रतियोगिताको फस्ट रनर अपले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअपले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। मिस पोखराको विजेताले सोझै मिस नेपालमा सहभागिता समेत जनाउन पाउनेछिन्।

SUBSCRIBE 👉