मिस पोखराका प्रतिस्पर्धीहरुले देखाए आफ्नो प्रतिभा


सातौँ सँस्करणको मिस पोखराको ताज आफ्नो पोल्टामा पार्नका लागि यतिबेला २० जना प्रतिस्पर्धीहरु मैदानमा छन्। प्रशिक्षणको क्रममा रहेका ‘मिस पोखरा’का सहभागीहरुले बुधबार आ–आफ्नो अन्तरनिहित प्रतिभा देखाए। बुधबार भएको ‘ट्यालेन्ट राउण्ड’मा उनीहरुले विभिन्न खाले प्रतिभा देखाएका हुन्। गायन, नृत्यसँगै विभिन्न विषयमा बक्तृत्वकला उनीहरुले देखाएका थिए।

miss pokhara talent showबुधबार भएको ट्यालेन्ट राउण्ड कार्यक्रममा पोखरा उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत ओमराज पौडेल, छैठौँ सँस्करणको मिस पोखरा विजेता रश्मी अधिकारी, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाट र संगीतकार तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर निर्णायक रहेका थिए।

प्रतिस्पर्धीहरुको प्रतिभाहरु मध्ये उत्कृष्ट हुने एक जनाले ग्राण्ड फिनालेको दिन ‘मोस्ट ट्यालेन्ट’ उपाधी पाउने आयोजकले जनाएको छ। पोखरा जेसिजको आयोजना र ‘ईभेन्ट्स फर यू’को सातौँ सँस्करणको मिस पोखराको ग्राण्ड फिनाले पुस १५ गते पोखरा सभागृहमा हुँदैछ।

SUBSCRIBE 👉