फेशन सोमा चलचित्र ‘बागमती’


चलचित्र ‘बागमती’ले प्रदर्शन मिति नजिकै गर्दा चलचित्रको प्रचार प्रसार गति अझ तिब्र परेको छ। गत शनिबार मात्रै महानायक राजेश हमालले साइकल र्याली कार्यक्रममा साइकल चलाएर चलचित्रको प्रचार प्रसार गरेका थिए। बिहिबार राजधानीमा क्रिसमस साँझको अबसरमा गरिएको फेसन शोमा चलचित्र ‘बागमती’को सहभागिता रहेको थियो।

Nepali Movie Bagmati in Fashion Showहाम्रो टेलिभिजन च्यानलले बिहिबार साँझ फेसन शोको आयोजना गरेको थियो। सो कार्यक्रममा चलचित्र ‘बागमती’का कलाकार श्रेया कार्की, रविकर प्रसाद घिमिरे, बालकलाकार कञ्चन ठकुरी र्याम शोमा हिडेका थिए। फेशन शोमा चलचित्र बागमती यूनिटले पनि आफ्नो सहभागीता जनाएको थियो।

चलचित्र बागमती यहि पुष २४ गते बाट प्रदर्शनमा आउदै छ। चलचित्रका निर्देशक सन्नी केरला दक्षिण भारतीय हुन्। फिल्ममा नेपाली कलाकारहरु राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, श्रेया कार्की, रविकर प्रसाद घिमिरे, बालकलाकार कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ। चलचित्रलाई ट्रि इन्टरटेन्टमेन्टको ब्यानरमा दिनेश दर्शनधारी र बिजय सत्यालले निर्माण गरेका हुन।

SUBSCRIBE 👉