तुला पर्वतको गीतमा चितवनको सौन्दर्य – भिडियो


गायक, संगीतकार तथा गीतकार तुला पर्वतले व्यवसायिक गीत मात्र बजारमा ल्याएका छैनन्। उनले देशको विकास र पर्यटनको आकर्षणलाई टेवा पुर्‍याउने खालका गीत पनि तयार पारेका छन्। चितवनमा जन्मिएका तुलाले आफ्नो जन्मभूमिको बर्णन गर्दै भिडियो र गीत बजारमा ल्याएका छन्। ‘हाम्रो चितवन’ बोलको गीतमा तुलाले चितवनको विविधतालाई समेटेका छन्।

tula parbatतुलाको साथमा प्रशंसा पौडेलले मोडलिङ गरेको गीतमा उमंग शाहीको छायांकन, भरत रेग्मीको सम्पादन, संजय घिमिरेको निर्देशन छ। तुला आफू विदेशमा रहेर पनि नेपाली माटो र आफ्नो जन्मभूमि चिनाउनका लागि गीतसंगीतको माध्यमबाट लागिपर्ने बताउाछन्। उनको गीतले चितवनको बारेमा धेरै कुराको जानकारी दिएको छ। साथमा यो भिडियो हेरेपछि चितवन जान चाहनेहरुका लागि झनै कौतुहलता बढ्ने देखिएको छ।

SUBSCRIBE 👉