अभिनासको ओठको सहि छापमा छुल्ठिम डोल्मा गुरुङ


लोक पप फ्लेबरका गीत गाएर दर्शकको मनमा बस्न सफल गायक अभिनाश घिसिङले सातौं एल्बम ‘कन्ट्री साइड’को ‘ओठको सहि छाप’बोलको गीतको चर्चा बढेको छ। सेलो र आरएण्डबी फ्लेबरको फ्युजन रहेको भिडियोमा उनले मोडल तथा ‘नोभेम्बर रेन’नायिका छुल्ठिम डोल्मा गुरुङ सँग फिचरिङ गरेका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

‘एल्बमको सबै काम सकिएको छ, अब फागुन महिनामा सार्वजनिक गर्दैछु,’गायक घिसिङले भने, नयाँ एल्बममा ‘गाडी त जर्मनको’ बोलको पुरानो गीतलाई रिमेक गरेको छु।’ यो गीतको अमेरिकास्थित क्यालिफोर्नियामा छायांकन गरिएको छ। सुरज शाहले निर्देशन गरेको भिडियोमा सुवासजी तामाङले मोडलिङ गरेका छन्। हाल सम्पादन चरणमा रहेको भिडियोको सम्पादन हिमाल श्रेष्ठले गरेका हुन्।

chhulthim gurungघिसिङले २०५७ सालमा डेब्यु एल्बम ‘च्याङबा’ ल्याएका थिए। त्यसपछि २०५९ मा ‘जेनेरेसन डट एनपी’, २०६१ मा ‘जिरो प्वाईन्ट’। ‘जिरो प्वाइन्ट’को ‘सुनको बाला’, ‘ल्हासाको चिसोले’लगायतका गीत हिट भए। त्यसपछि २०६४ मा आएको एल्बम ‘हिल एरिया’मा रहेको ‘चम्पा’बोलको गीत र २०६७ मा आएको ‘सन अफ हिमालय’को ‘ज्यानलाई मैले’बोलको गीत हिट भए। उनले २०६६ मा काइरन नामक तामाङ भाषाको एल्बम पनि निकालेका थिए। सातौं एल्बमलाई भाइब्स क्रिएसनले उत्पादन गरेको हो।

नविन शेर्पा र सुसनको शब्द, संगीत रहेको गीतको भिडियोको निर्देशन सहेन्द्र श्रेष्ठले गरेका हुन्। भिडियोमा हरि हुमागाईको छाायाकन र प्रकाश तुलाधरको सम्पादन छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉