सिटिभि मोबाईल मिस राई २०१६ मा १४ जना राई चेलीहरुको प्रतिस्पर्धा


Miss Rai 2016
किरात राई मौलिक कला संस्कृति केन्द्रले वाषिर्क रुपमा आयोजना गर्दै आएको मिस राई २०१६को चौथो संस्करणमा १४ जना सहभागिहरु छनौट भएका छन्। किरातीहरुको नयाँ सम्बत यालेदोङ ५०७६ को अवसरमा आयोजना गरिन लागेको प्रतियोगितामा किराती मौलिक संस्कृति कला, संस्कार, किराती इतिहाँसका बारेमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

प्रतियोगिहरुलाई किरात राईहरुको उदगम थलोको रुपमा रहेको खोटाङ जिल्लाको तुवाचुङ जायजुम तथा धार्मिक पर्यटकिय स्थल हलेसी गुफाको भ्रमण गराउनका साथै आकर्षक फोटो सुटका साथै विभिन्न किसिमका व्यक्तित्व विकास सम्बन्धी तालिमहरु समेत दिइने केन्द्रका अध्यक्ष अपर्ण राईले जानकारी दिएका छन्।

सहभागिहरुलाई ७ फागुनमा प्रजातन्त्र दिवस पारेर ऐतिहासिक भ्रमण लैजान लागिएको आयोजकले जनाएको छ। भ्रमण पछि व्यक्तित्व विकास तथा क्षमता अभिवृद्वि तालिम तथा कोरीयोग्राफि, ग्रुमिङ गराईने कोरियोग्राफर किरात विन्द्रले जानकारी दिइएका छन्। प्रतियोगिता अन्तिम प्रतिस्पर्धा चैत ४ गते राष्ट्रिय नाचघर जमल हुने बताईएको छ।

SUBSCRIBE 👉