मिस राई २०१६ को ग्रान्ड फिनाली चैत ४ गते


Miss Rai 2016 Contestantsकिरात राई मौलिक कला संस्कृति केन्द्रले आयोजनामा हुन लागेको ‘मिस राई २०१६’ मा १४ जना राई समुदायका सुन्दरीहरुले प्रतिस्पर्धा गर्ने भएका छन्।किरातीहरुको नयाँ सम्वत यालेदोङ ५०७६ को अवसरमा पारेर आयोजना गर्न लागिएको यो प्रतियोगितामा किराती मौलिक संस्कृति कला, संस्कार, किराती इतिहाासका बारेमा प्रशिक्षण दिइने आयोजक संस्थाले जनाएको छ।

प्रतियोगिहरुलाई किरात राईहरुको उद्गम थलोको रुपमा रहेको खोटाङ जिल्लाको तुवाचुङ जायजुम तथा धार्मिक पर्यटकिय स्थल हलेसी गुफाको भ्रमण गराउनका साथै आकर्षक फोटोसुटका साथै विभिन्न किसिमका व्यक्तित्व विकास सम्बन्धी तालिमहरु समेत दिइने अध्यक्ष अपर्ण राईले जानकारी दिएका छन्।

प्रतियोगिताकालागि आँखीसल्ला ४ धनकुटाकी सिर्जना राई, बुईपा ७ खोटाङकी सरिता राई,सप्तेश्वर ५ खोटाङकी सन्तोषी राई, बाहुनी डाँडा ६ खोटाङकी अम्बिका राई, रानीबास १ भोजपुरकी सन्ध्या राई, धरान १२ सुनसरीकी निशा राई, कुरुम्वा ९, पाँचथरकी निश्मा राई, हलेसी महदेवस्थान ७ खोटाङकी एलिसा राई, बेल्टार १ उदयपुरकी कबिता राई, थाक्ले ९ ओखलढुङ्गाकी सिता राई, छिन्ताङ्ग ९, धनकुटाकी निरुता राई, रवि-५ पाँचथरकी मिरा दुमि राई लखनपुर १ झापाकी रोजीना राई, तोपगाछी ६ झापाकी मनिला राई छनौट भएका छन् ।

किरात विन्द्रले कोरियोग्राफी रहने यो प्रतियोगिताको ग्रान्ड फिनाले चैत ४ गते राष्ट्रिय नाचघर जमल हुनेछ।

SUBSCRIBE 👉