‘मिस नर्स नेपाल’का सुन्दरीहरुले गरे रक्तदान


miss nurse nepal 2016‘रक्तदान जीवनदान’ मूल नारालाई आत्मसाथ गर्दै ‘मिस नर्स नेपाल’ का सहभागीले राजधानीमा रत्तदान गरेको छन्। मिस नर्स नेपालको आयोजना र नेक्स्ट मोडल्स नेपालको संयोजन रहेको उक्त बृहत रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदाङ गरेका हुन्।

आइतबार अबेर साझ सम्म नोबेल हस्पिटलको प्राङ्गण सिनामङ्गलमा आयोजित कार्यक्रमबाट संकलित रगत सोही दिन हस्पिटललाई प्रदान गरिएको छ। समाजसेवामा अझ जिम्बेवार बनाउन रक्त दान कार्यक्रममा नर्सिङ सुन्दरीलाई सहभागीता गराइएको हो।

नेक्स्ट मोडल्स नेपालका सिईओ रवि धमला र एम.डी यत्ना पाण्डेको रत्तदान संगै सुरु भएको कार्यक्रममा ‘मिस नर्स’ , ‘मोडल हन्ट’,’ मोडल अफ द इयर’का सहभागीले उत्साहजनका रुपमा सहभागिता जनाएका थिए।

कार्यक्रममा मिस नर्स नेपालका तर्फबाट लक्ष्मी रिजाल, मोडल हन्ट नेपालबाट निराजन श्रेष्ठ, मोडल अफ द इयरबाट पंकज प्रसुनको बिषेश पहल थियो।

SUBSCRIBE 👉