खोटाङकी एलिशा राईको शिरमा मिस राई २०१६ को ताज


Miss Rai 2016
किरात राइ मौलिक साास्कृतिक कला केन्द्र द्वारा आयोजित सिटिभी मोवाइल मिस राई २०१६को ताज खोटाङकी एलिशा राईले पहिरिएकी छन्। राष्ट्रिय नाचघर जमलमा ४ चैतमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उत्रिएकी उनले १३ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै ताज पहिरिएकी हुन्।

अन्तिम प्रतिस्पर्धामा प्रमुख निर्णायक रहनु भएको साास्कृति संस्थानका पूर्व महाप्रबन्धक तथा गीतकार कवि तथा लेखक भुपाल राईको अन्य सुन्दरी प्रतियोगितमा भन्दा मिस राई कुन अर्थमा फरक र महत्वुर्ण रहेको छ भन्ने प्रश्नको जावाफ दिंदै एलशिा राईले ताज चुमेकी हुन्।

मिस २०१६ को ताज संगै उनले मूख्य प्रायोजक सिसिटभी मोवाइलको तर्फबाट आईफोन सिक्स मोवाइल समेत जितेकी छन्। यसक साथै प्रतियोगितामा सिता राईले फस्ट रनरअप, निश्मा राई सेकन्ड रनरअप र कविता राई थर्ड रनर अपको उपाधी चुम्न सफल भएका छन्।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

Miss Rai 2016यसैगरी प्रतियोगिहर मध्ये सरिता चाम्लिङले मिस वेष्ट ड्रेस, अम्बिका वाम्बुले राईले मिस पपलुराटी, मिरा दुमि राई मिस वेष्ट हेयर, रोजिना राई मिस फोटो जेनिक तथा मनिला राई मिस वेष्ट स्माइलको उपाधी हात पर्न सफल भएका छन्। यस्तै कविता राईलाई मिस कल्चर, निशा राईलाई मिस लिडरसिप, सन्ध्या राई मिस फ्रेन्डशिप, निरुता राई मिस पङच्युवालिटि, सिता राई मिस ट्यालेण्ट, सिर्जना राई मिस भिवोर, एलिशा राई, मिस डिस्पिलिन, सन्तोषी राई मिस वल्क र निश्मा राईले मिस पर्सनालिटिको उपाधी हात पारेका छन्।

प्रतियोगिता सूचना, संचार तथा प्रविधिमन्त्री शेरधन राईको प्रमुख आतिथ्य तथा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको विशेष आतिथ्यमा भएको थियो। प्रतियोगिताको निर्णायकहरुमा प्राज्ञ तथा वरिष्ठ संगीतकार शान्तिराम राई, किरात राइ यायोक्खा काठमाडौं जिल्ला अध्यक्ष दिलिप राई, काठमाडौं महानगर पालिका वडा नं १० का प्रशासकिय अधिकृत सरिता राई, सिटिभि मोबाइलका प्रवन्धक अलाइभ ग्लाइडर, मेरिडियन हेल्थ पोलिक्लिनिका संचालक तथा यायोक्खा केन्द्रिय सदस्य देवान राई र मोडल निरन्जन थापा रहेका थिए। कार्यक्रमको सम्पुर्ण कोरियो ग्राफी किरात विन्द्राको रहेको थियो भने कार्यक्रम संचालन वरिष्ठ संचारकर्मी तथा निर्माता निर्देशक दिनेश डिसिले गरेका थिए।

कार्यक्रममा गायीका शिला राई, सुनिता राई तथा गायक विक्रम राईले सांगीतिक प्रस्तुती दिएका थिए भने बन्दना कला केन्द्र, आर एण्ड आर इन्टरटेन्ट मेन्ट नृत्य तथा माइकल स्टेप अफ आर्टस एकेडमीका माइकल चन्दको कोरीयो ग्राफी रहेको रोबोटिक नृत्य प्रस्तुत गरिएको थियो। कायक्रम किरात राई मौलिक कला केन्द्रका अध्यक्ष अर्पण राईको संयोजकत्वमा भएको थियो।

SUBSCRIBE 👉