रुशा भईन मिस इन्डिजिनियस हेरिटेज नेपाल


रुशा मानन्धरले आफ्ना ५० प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको ‘एईसिसी ग्लोबल मिस इन्डिजिनियस हेरिटेज नेपाल–२०१६’को उपाधि जितेकी छिन् । शनिबार बेलुका काठमाडौंको प्रज्ञा भवनमा आदिबासी युवतीहरु बीच सम्पन्न सो प्रतियोगितामा काठमाडौंकी रुसाले उपाधिसागै २५ हजार रुपैयाा, चाादीको ताज र अन्य उपहार समेत हाासिल गरिन् ।News-Photo

यस्तै सो प्रतियोगितामा ‘आनन्द ज्वेलर्स् फस्ट रनरअप’को उपाधि सहित मिरा थापामगरले १० हजार रुपैयाा र अन्य उपहार जितिन् । उनले मिस स्माईलको उपाधि पनि प्राप्त गरिन् ।

सोही प्रतियोगितामा ‘सेकेन्ड रनरअप’को उपाधि सहित सारा तामाङले ५ हजार रुपैया र अन्य उपहार हाासिल गरिन्। प्यासिफिक इभेन्ट्सद्धारा आयोजित यो प्रतियोगितामा ‘फेसियल हाउस मिस बेस्ट हेयर’को उपाधि सराना मानन्धरले, ‘मिस डिसिप्लेन’को उपाधि ममता मानन्धरले, मिस फ्रेण्डसिपको उपाधि एलिना माझीले जिते।

SUBSCRIBE 👉