अश्मि श्रेष्ठ भईन मिस नेपाल २०१६


Miss Nepal 2016 Winners

Miss Nepal 2016 Winners

अश्मि श्रेष्ठ, मिस नेपाल २०१६ घोषित भएकी छन्। उनि २१ औं मिस नेपाल विजेता भएकी हुन्। शुक्रबार साँझ होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिस्पर्धामा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल २०१६को उपाधि जितेकी हुन्। कार्यक्रममा २०१५ की मिस नेपाल उपाधि विजेता इभाना मानन्धरले उनलाई ताज पहिर्‍याइदिइन्। मिस नेपाल फस्ट रनर अपको उपाधि रोशनी खत्रीले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि वर्षा लेखीले जितिन्।

अश्मी श्रेष्ठले मिस वर्ल्ड २०१६, फस्ट रनर्स अप रोशनी खत्रीले मिस अर्थ तथा सेकेन्ड रनर्स अप वर्षा लेखीले मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।

SUBSCRIBE 👉