गर्जियस अटायर फेसनमा डेढ दर्जन मोडल र्‍याम्पमा उत्रने


fashion-show

Fashion Show – GlamourNepal File Photo

ग्ल्यामर नेपाल, काठमाडौं । डेढ दर्जन चर्चित मोडल र्‍याम्पमा उत्रने भएका छन्। गर्जियस इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी र १९९९ एडीको संयुक्त आयोजनामा हुने गर्जियस अटायर फेसन सोमा तिमोडल र्‍याम्पमा उत्रन लागेका हुन्। नयाँ फेसनका डिजायनरको प्रचार तथा मोडलको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न मोडललाई र्‍याम्पमा उतार्न लागेको आयोजकले जनाएको छ।

२२ चैतमा हुने फेसन सोका लागि राजधानीको बालकुमारीस्थित १९९९ एडी पार्टी प्यालेसमा हालै मोडलको अडिसन भएको छ। अडिसनमा व्यावसायिक तथा नयाँ गरी ३५ मोडलले सहभागिता जनाएका थिए। तीमध्ये १६ मोडल छनौट गरी र्‍याम्पमा उतार्ने आयोजक संस्था १९९९ एडीका अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठले बताए।

राइज ग्लोबलको इभेन्ट मेनेजमेन्टमा हुन लागेको सोमा १६ जना फिमेल मोडलले विभिन्न डिजाइनरले तयार पारेको पहिरन प्रस्तुत गर्नेछन्। अर्चना शाक्य, ममता श्रेष्ठ, शोभा महर्जन, रश्मि महर्जन, लिन्डा गुरुङ, विविसना बज्राचार्य, विमला महर्जन, रेखा महर्जन मुस्कान महर्जन, मिनु श्रेष्ठ, कृष्टिना श्रेष्ठ लगायतले तयार पारेका फेसनका डिजाइनसमर वेयर, गाउन, साडीलगायत विभिन्न ६ सिक्वेन्स मोडलले र्‍याम्पमा प्रस्तुत गर्नेछन्।

SUBSCRIBE 👉