नक्कली मालाको पछाडी दुई युवाहरु ! ( भिडीयो )


चलचित्र बाट सफलता पाउन नसकेपछि नायिका माला लिम्बु पछिल्लो समय म्युजिक भिडियोतर्फ आकर्षित भएकी छिन् । चलचित्र ‘वान वे’ मा अभिनय गर्दै नायिकाको रुपमा डेब्यू गर्ने यी नायिका पछिल्लो पटक गायक राजेश लामाको नयाँ गीतमा ‘नक्कली नानी’ को भूमिकामा प्रस्तुत भएकी छिन् ।news music vedio
निकेश खड्काद्वारा निर्देशित यो भिडियोमा नायिका लिम्बु तथा गायक लामालाई बि—बोइङ गर्ने समुह ‘एनएचएफ क्रिउ’ का ५ जना कलाकारहरुले साथ दिएका छन् ।

भिडियोमा गायक लामाले पनि अभिनय गरेका छन् । अमृत सुनुवारद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक जिवन थापा हुन् । कल्याण सिंहको संगीत तथा यमन सुवेदीको शब्दमा तयार भएको यो पप गीतमा उदयराज पौडेलको संगीत संयोजन सुन्न सकिन्छ ।

SUBSCRIBE 👉