नेपाल घुम्न आउने सन्नी लिओनको उदघोस


sunnyग्ल्यामर नेपाल, काठमाडौं । पछिल्लो समय बलिउडमा संघर्ष गरिरहेकी भारतीय मूलकी क्यानेडियन पोर्नस्टार सन्नी लियोनले आज आफ्नो अफिसियल ट्वीटर एकाउन्टमा नेपाल आउने उल्लेख गरेकी छिन्। ‘सवैलाई शुभविहानी । ह्याप्पी सन्डे । आज नेपाल आउँदैछु । केही काम गर्ने योजना छ । त्यसपछि केही मनोरञ्जन लिनेछु,’ आइतबार बिहान उनले ट्वीट गरेकी छिन् । उनले के काम हो ? खुलस्त पारेकी छैनन् । यद्यपी उनी अभिनित फिल्म ‘रागिनी एमएमस २’ रिलिज भइरहेकोले यसैको प्रमोशनको लागि आउन थालेको अनुमान गरिएको छ।

पोर्न उद्योगबाट बलिउडमा प्रवेश गरेपछि सन्नीको निकै चर्चा चुलिएको थियो। तर चर्चा अनुरुप उनका कुनै फिल्मले सफलता हासिल गरेका छैनन्। पहिलो फिल्म ‘जिस्म – २’ र दोस्रो ‘ज्याकपट’ले बक्सअफिसमा कमाल मच्चाउन सकेनन्। गत शुक्रबारबाट रिलिज भइरहेको ‘रागिनी एमएमएस २’को ओपेनिङ कलेक्सनले भने उनलाई केही राहत दिएको छ।

सन्नीको जन्म १३ मे १९८१ मा क्यानडाको सार्निया सिटीमा भएको थियो। उनको बाबु तीब्बत र आमा हिमाञ्चल प्रदेशमा हुन्। सन्नी जन्मनुभन्दा केही पहिले उनीहरु क्यानडा पुगेका थिए। सन्नी बाल्यकालमा बास्केटकल खेलमा निकै पोख्त थिइन्। उनले पहिलो किस स्कुलमा पढ्दा ११ वर्षको हुँदा गरेकी थिइन् भने १६ वर्षमै आफ्नो भर्जिनिटी गुमाइसकेकी थिइन्। त्यतिबेलादेखि सेक्सप्रति उत्सुक हुँदै गएको उनले मिडियालाई बताएकी थिइन्। पोर्न फिल्म खेल्न थाल्दा सन्नी जम्मा १९ वर्षकी थिइन्। जब उनले आफ्नो पेशाको बारेमा परिवारलाई भनिन्, तब उनको पञ्जाबी परिवारले ठाडै अस्विकार गरें। तर उनले परिवारलाई ढाँटेरै काम गर्न थालिन। एकैपटक सन् २००३ मा ‘पेन्टहाउस अफ द इयर’ घोषित भएपछि मात्र परिवारले सन्नीले पोर्न फिल्म खेलेको थाहा पाएका थिए। सन्नीले हालसम्म करिब ३० भन्दा बढी पोर्न फिल्म खेलिसकेकी छिन्।

SUBSCRIBE 👉