एउटै स्टेजमा, एकै पटक दुई भिन्दा भिन्दै एसएलसी सौन्दर्य प्रतियोगिता


रिवन इन्टरटेनमेन्ट र स्टार वन इन्टरटेनमेन्टले शुक्रबार राजधानीमा एउटै स्टेज शेयर गर्दै दुई प्रतियोगिता आयोजना गरेका छन्। दुबै कम्पनीले एसएलसी दिएर परिणाम तथा उच्च विद्यालय अध्ययनको समयको प्रतीक्षा गरिरहेका विद्यार्थीका बिच सौन्दर्य र प्रतिभामूलक प्रतिस्पर्धा आयोजना गरेका हुन्।

Miss-SLC

रिवन इन्टरटेनमेन्टले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको मिष्टर एण्ड मिस एसएलसी अफ द इयर २०१६ मा मनिष अधिकारी र सविना लामाले क्रमशः मिष्टर र मिस एसएलसी अफ द इयर २०१६ को उपाधि चुमे। मनिषले मिष्टर क्याटवक, ट्यालेण्ट, मष्ट फोटोजेनिक र वेष्ट सिंगर उपउपाधिसहित मूख्य उपाधि चुमेका हुन् भने सविनाले वेष्ट पर्सनालिटी र वेष्ट हेयरका साथ उपाधि जितेकी हुन्।

Mister-SLC

प्रयितोगितामा शुसान्त भण्डारी मष्ट चार्मिङ र सरिष्मा थापा शाह व्युटी विथ पर्पसका साथ फष्ट रनर्सअप, प्रविण मोक्तान वेष्ट स्पीच र कजिना श्रेष्ठ मिस ट्यालेण्टका साथ सेकेण्ड रनर्सअप, यमाङ गुरुङ मष्ट डिजर्भिङ र अधेता रेग्मी युथ विथ रेस्पोन्सिबिलीटीकासाथ थर्ड रनर्सअप तथा लोमस बहादुर कार्की मष्ट पोजेटिभ एटिट्युड र निहारिका मैनाली वेष्ट आर्ट वर्कका साथ फोर्थ रनर्सअपभएका छन्। भव्यताका साथ सम्पन्न प्रतियोगितामा छिरिङ शेर्पा मिष्टर फेसबुक च्वाईस र युथ विथ रेस्पोन्सिबिलीटी, आयुष बुढाथोकी भ्युवर्स च्वाईस, सुनिप मानन्धर मष्ट पपुलर, उषन थापा वेष्ट स्माइल, सुविन नेपाली वेष्ट डिसिप्लेन, पवन रसाइली वेष्ट पर्सनालिटी, नोर्गेन घिसिङ वेष्ट फिजीक र वेष्ट डान्स, विवेक श्रेष्ठ मष्ट फिटनेस, अलपीक पौडेल मष्ट फ्रेण्डली, बबिन सुनुवार मष्ट एक्टिभ र ऋषिमा लामा मष्ट डिजर्भिङ चुनिएका छन्। यो प्रतियिोगामा महिलातर्फ मनिका तामाङ फेसबुक च्वाईस, वेष्ट सिंगर र फेशन आइकन, क्युरिसा शाही मिस क्याटवक, अनुशा महर्जन सोसियली रेस्पोन्सिबल, निकीता गौतम भ्युवर्स च्वाईस, अन्जली लिम्बु मष्ट पपुलर र वेष्ट फिटनेस, सायरा घिमिरे वेष्ट स्माइल, जोनेश घले वेष्ट स्कीन, अलिना अवाल वेष्ट डिसीप्लेन, अनामिका श्रेष्ठ मष्ट फोटोजेनिक र मष्ट पर्पेmक्ट, अमिषा तिमिल्सीना वेष्ट फिजिक, रीया हरिजन मष्ट फ्रेण्डली, प्रिनिशा श्रेष्ठ मिस कन्जिनियालिटी, हर्षिका घिमिरे मष्ट चार्मिङ, सुष्मिता राई मष्ट एक्टिभ, मनिषा पुडासैनी सोसियल वेलफेयर एमबेसडर, अनिता रान मगर मष्ट पोजेटिभ एटीट्युड, सृष्टी थापा मगर वेष्ट डान्स भएका छन्।

Miss-Teen-SLC

त्यसै गरी शुक्रबार नै स्टार इनटरटेनमेन्टद्धारा एसएलसी दिएर बसेका छात्राहरुका बिच आयोजित अर्को प्रतियोगितामा सुरुची बुढाथोकी मिस ट्यालेण्टका साथ मिस टीन एसएलसी २०१६ भएकी छिन्। प्रतियोगितामा अनिता लगुन फष्ट रनर्सअप र सुमी बजगाईं वेष्ट पर्सनालिटीका साथ सेकेण्ड रनर्सअप भए।

राष्ट्रिय नाचघरकै मञ्चमा आयोजित प्रतियोगितमा सुनिता नेमाफुकी फेसबुक च्वाईस र वेष्ट हेयर, समीक्षा थापा मगर मिस क्याटवक र वेष्ट आर्टवर्क, सुष्मिता भण्डारी व्युटी विथ पर्पस, प्रविणा थापा मगर मष्ट पपुलर वेष्ट स्कीन, सदीक्षा घिमिरे मष्ट फोटोजेनिक र वेष्ट आर्टवर्क, आरती यादव वेष्ट फिजीक, आर्या श्रेष्ठ मिस कन्जिनियालीटी र वेष्ट डान्स तथा सविना थापा युथ विथ रेस्पोन्सिबिलीटी चुनिए। प्रतियोगिता कोरिायोग्राफर अश्वीनी झाको कोरियोग्राफीमा सम्पन्न भएको थियो। प्रतियोगिाका सबै सहभागीलाई प्लस टु अध्ययनका लागि विभिन्न विद्यालयमा पूर्ण छात्रबृत्ती प्रदान गरिने आयोजकले जानकरी गराएका छन्।

SUBSCRIBE 👉