मिस टीन प्लस टु २०१६ – ट्यालेन्ट शो


स्टार वन इन्टरटेनमेन्ट प्रालिले प्स टु अध्ययन गरिरहेका किशोरीहरुबिच आगामी असार १९ गते राजधानीको राष्ट्रिय नाचघरमा आयोजना गर्न लागेको सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता मिस टीन प्लस टु २०१६ अन्र्तगत ट्यालेन्ट शो गरेको छ।

Miss-Teen-Plus-2-Talent-Show

मिस टीन प्लस टु २०१५ अन्र्तगतको मिस ट्यालेन्ट उपाधिका लागि शनिबार राजधानीमा सम्पन्न ट्यालेण्ट शोमा प्रतियोगिहरुले उत्साहपूर्ववक नृत्य, गायन, संगीत, चित्रकला, वत्तृत्वकला, अभिनय र खेल प्रतिभा प्रदर्शन गरेका थिए।

सहभागीहरुको प्रतिभाका आधारमा एक–एकजनालाई मिस ट्यालेन्टको उप उपाधि प्रदान गरिने आयोजकले जनाएका छन्। प्रतियोगिताको कोरियोग्राफी अश्विनी झाले गरिरहेका छन्।

मिस टीन प्लस टु २०१५ मा सहभागी किशोरीहरुलाई छात्रबृत्ती, विदेशमा अध्ययनका लागि निःशुल्क प्रक्रिया तथा आईटीएल–टोफेलको अध्ययनको ब्यबस्था मिलाइएको पूजा निरौलाले बताएकी छिन्। प्रतियोगिताबाट मिस टीन प्लस टुका साथमा फष्ट, सेकेण्ड, थर्ड र फोर्थ रनर्सअप तथा वेष्ट पर्सनालिटी, मिस क्याटवक, वेष्ट आर्टवर्क, वेष्ट स्माइल, वेष्ट हेयर, वेष्ट स्कीन, मिस ट्यालेन्ट, मष्ट फ्रेण्डली, मिस कन्जिनियालीटी, व्युटी विथ पर्पस, मिस फोटोजेनिक, मिस मेनेजमेन्ट च्वाईस, भिवर्स च्वाईस, फेसबुक च्वाईस, मष्ट पपुलरलगायतका उप उपाधि प्रदान गरिने आयोजकले जनाएका छन्।

SUBSCRIBE 👉