‘मोडल हन्ट नेपाल’ अन्तिम स्पर्धाकालागी ६५ युवा युवती छनौट


‘मोडल हन्ट नेपाल २०१६’का लागी ३५ युवती तथा ३० युवा छनौट भएका छन्। राजधानिमा आयोजित बिभिन्न चरणको अडिसनबाट प्रतियोगीहरु छनौट भएका हुन्। राजधानीमा आयोजित अन्तिम अडिसन पछि ३० युवा र ३५ युवती अन्तिम स्पर्धाका लागी फाइनल भएको आयोजकले सार्वजनिक गरेको हो।

Model-Hunt-Nepal-2016

कोरियोग्राफर रोजिन शाक्य, मोडल हन्ट नेपाल २०१५ बिजेता समिर कुवर राना लगायत अडिसनको निर्णायकमा रहेका थिए। छानिएका प्रतियोगीलाई अब फाइनल स्पर्धाका लागी बिभिन्न प्रशिक्षणमा सहभगि गराइने बताईएको छ। प्रतियोगितामा शीर्ष सहित आधा दर्जन भन्दा बढी उप–विधामा पुरस्कृत गरिने छ।

SUBSCRIBE 👉