रमेशको रोमान्टिक भिडियोमा ‘म त तिम्रै हुँ’ जोडी आकाश र ज्योत्सना


गायक रमेश मास्केद्वारा गाइएको पप शैलीको गीत ‘झुलुँ कि म लहरा भै तिम्रो मनमा…’ म्युजिक भिडियो रिलिज गरिएको छ। विभिन्न टेलिभिजन तथा यूट्युब च्यानलबाट एक साथ रिलिज गरिएको भिडियोलाई निकेश खड्काले निर्देश्ँन गरेका हुन्।

Jyotshna-Yogi-AkashShrestha

भिडियोमा एउटा रोमान्टिक जोडीको प्रेम कथालाई आकर्षक शैलीमा चित्रण गरिएको छ। प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘म त तिम्रै हुँ’ चलचित्रका नायक/नायिका आकाश श्रेष्ठ तथा ज्योत्सना योगीले म्युजिक भिडियोमा अभिनय गरेका छन्। गीतमा गायक मास्के कै शब्द तथा संगीत सुन्न सकिन्छ। धिरजजंग शाह यो भिडियोका छायांकार हुने भने निशान घिमिरेले यसलाई सम्पादन गरेका छन्।

प्रदर्शनको तयारीमा रहेको चलचित्रका नायक/नायिकाले रोमान्टिक शैलीको भूमिका निर्वाह गरेको गीतको भिडियोले दर्शकको मन जित्ने कुरामा निर्देश्ँक खड्का त ढुक्क छन् नै, गायक मास्के पनि उत्तिकै आशावादी छन्।

SUBSCRIBE 👉