भक्तपुरका लिटल मास्टरमा विप दिवाकर


littel-master-bhaktapurग्ल्यामर नेपाल, भक्तपुर। तेस्रो संस्करणको लिटील मास्टर भक्तपुर २०७० को उपाधि जेेन्युन सेकेण्डरी स्कुलमा अध्ययनरत विप दिवाकरले जितेका छन्। प्रतिस्पर्धाका लागि आवेदन दिने ३५ बाट अन्तिम स्पर्धामा पुग्न सफल १८ बालकहरुबिचको स्पर्धामा विप १७ विद्यार्थीलाई पछाडि पार्दै उपाधि विजेता बन्न सफल भएका हुन्।

भक्तपुरका विभिन्न स्थानका विद्यार्थी बालकहरु सामेल स्पर्धामा प्रभात हायर सेकेण्डरी स्कुलका सफल अबाल फस्ट रनरअप र कालिका हायर सेकेण्डरी स्कुलका सज्र्यान्त श्रेष्ठ सेकेण्ड रनरअप चुनिएका छन्। युवा कोरियोग्रफार अश्विनी झाको कोरियोग्राफर र कार्यक्रम सञ्चानलमा सम्पन्न प्रतियोगितामा सयम बासुकला बेस्ट ड्रेस, रियाज जती बेस्ट वाक, कुशल सुवेदी बेस्ट स्माइल, अमन खत्री बेस्ट स्पीच, सन्तोष चक्रधर मोस्ट फोटोजेनिक र मोस्ट चार्मिङ, शिरीष कर्माचार्य मोस्ट फ्रेन्डली र सयुन ताम्राकार बेस्ट पर्सनालिटी चुनिएका छन्। त्यसै गरी उदि्रत ढकाल बेस्ट डिसीप्लेन, आयुष मानन्धर बेस्ट स्कीन, सुश्रबधर शर्मा मोस्ट ट्यालेण्ट, निलेश राई मस्ट हृयाण्डसम, आयुष श्रेष्ठ मस्ट इनरजेटिक, श्रयेन धावा मोस्ट पपुलर, बि्रस्क कर्माचार्य बेस्ट हेयर र उस्सव कायस्थ बेस्ट फिटनेश चुनिएका छन्।

चाइल्ड सपोर्ट प्रोग्रामका तर्फबाट अनिल त्यातद्धारा आयोजित प्रतियोगिताको निर्णायकमा मिसेस नेपाल २०१४ दीपा शाही राना, फेशन डिजाइनर तथा कोरियोग्राफर टेरेशा थापा र फेशन डिजाइनर सिर्जना पोखरेल रहेका थिए।

SUBSCRIBE 👉