चौथो संस्करणको मिस लिम्बू भदौको अन्तिम साता हुने


भदौको अन्तिम साता राजधानीमा मिस लिम्बू आयोजना हुने आयोजक याक्थुङ युथ एशोसिएसनले जनाएको छ। बौद्दिक विकास, सौन्दर्य, पहिचान र संस्कृति नारा दिइएको सौन्दर्य प्रतियोगिताको यो चौथो संस्करण हो।

Miss-Limbu-2016

प्रतियोगितामा सहभागी हुन एसएलसी उतिर्ण, पांच फिट दुई इन्च उचाइ भएका १६ देखि २५ वर्षका अविवाहित लिम्बू युवतीहरुले सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिताका लागि धरान, झापा र काठमाडौंमा अडिशन गरिने आयोजक संस्थाले जनाएको छ।

अन्तिम अडिसन बाट छानिएका सहभागीहरुलाई राजधानीमा २५ दिने ग्रुमिङ सेसनमा सहभागी गराइनेछ। ग्रुमिङ सेसनमा विभिन्न क्षेत्रका जानकारहरु बाट सहभागीहरुलाई सम्बन्धित विधामा प्रशिक्षण दीईनेछ।

SUBSCRIBE 👉