किरण लाकौलको मनका कुरा बुझिदिने कसले?


गायक सुरज शाही ठकुरीको स्वरको ‘माया तिमीलाई…’ गीतको म्युजिक भिडियो हालै यु ट्युब मार्फत रिलिज गरिएको छ। सार्बजनिक गीतमा उदेश श्रेष्ठको शब्द तथा संगीत छ भने राहुल प्रधानले संगीत संयोजन गरेका छन्। गायक ठकुरीको ‘संस्करण’ एल्बममा यो गीत समावेश छ।

Nepali Model Kiran

म्युजिक भिडियोमा एक पागल प्रेमीले आफ्ना मनका कुरा पोख्न नसक्दा भोगेका पिडालाई प्रस्ट्याउन खोजेको छ। फोटो पत्रकार श्रीधर पौडेलको निर्देशनमा तयार भएको यो म्युजिक भिडियोमा भावना पुन तथा किरण लाकौलले अभिनय गरेका छन्। भिडियोको छायाँकन पनि निर्देशक पौडेलले नै गरेका हुन्।

‘माया तिमीलाई…’ म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉