मिस टुरिजम क्वीन इन्टरनेसनल नेपाल २०१६ आयोजना हुने


पर्यटन सौन्दर्य प्रतियोगिताका रुपमा परिचित मिस टुरिजम क्वीन इन्टरनेसनलको नेपाली संस्करण मिस टुरजिम क्वीन इन्टरनेसनल नेपाल २०१६ आयोजना हुने भएको छ। ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इ. आयोजना सन् २००५ मा पहिलो पटक आयोजना भएको यो प्रतियोगिताले हालसम्म नेपाली सुन्दरीहरुलाई प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा सहभागिता जनाउने अवसर प्रदान गर्दै आएको छ।

Miss-Tourism-Queen-International-Nepal

मिस टुरिजम क्वीन इन्टरनेसनल नेपाल २०१६ को प्रतिस्पर्धी बन्नका लागि सहभागि अविवाहित नेपाली युवती भई कम्तीमा पााच फिट चार इन्च शारारिक उचाई हुनुपर्ने, प्लस २ उत्तीर्ण भई १८ देखि २५ वर्ष उमेर समूह भित्रको हुनु पर्ने प्रावधान छ । हाल आवेदन खुल्ला गरिएको यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी सेप्टम्बर महिनाको पहिलो साता हुने तय गरिएको छ भने प्रतियोगिताको कोरियोग्राफि रोजिन शाक्यले गर्ने पक्का भएको छ।

मिस टुरिजम क्वीन इन्टरनेसनल नेपाल २०१६ का विजेताले चीनको वेन्झाउ शहरमा आगामी सेप्टेम्बर १२ देखि २८ तारिख सम्म संचालन हुने मिस टुरिजम इन्टरनेसनल २०१६ मा विश्वका विभिन्न मुलुकका सुन्दरीहरुमाझ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।

नेपाली परिप्रेक्षमा सन् २००५ बाट आरम्भ भएको मिस टुरिजम क्वीन इन्टरनेसल नेपाल प्रतियोगिताको उपाधि जितेर सिसेलिया गुरुङ, कुन्छाङ मोक्तान, हेमा श्रेष्ठ, रिचा थापा, समृद्धि राई र निरिशा बस्नेतले मिस टुरिजम क्वीन इन्टरनेसनलमा नेपालको तर्फबाट सहभागिता जनाइसकेका छन्। जस मध्ये सन् २०११ मा सहभागि भएकी समृद्धि राईले मिस पर्सनालिटी अवार्ड हात पार्न सफल भइन् भने सन् २०१५ को मिस टुरिजम क्वीन इन्टरनेसनलमा सहभागि निरिशा बस्नेतले ट्यालेन्ट अवार्ड तर्फ रनर अपको अवार्ड जित्न सफल भएकी थिइन्।

SUBSCRIBE 👉