श्रीकृष्ण लुईंटेल (बोके दाह्री) हाँसो र व्यंग्यले भरिएको गीत मन पराउने दर्शक तथा श्रोताका लागि परिचित नाम हो।‘ए बाउ किन्देउन भटभटे’ नामक चर्चित गीतबाट दर्शक तथा श्रोतामाझ लोकप्रीयता हाँसिल गरेका श्रीकृष्ण लुईंटेका ‘बाख्रा स्टाइल’, ‘डल्लेकी बैनी’, ‘ओ के छ त’, ‘नलगाउ छोटा छोटा कपडा’, ‘बाँके बर्दिया’ र ‘कलियुग’को धर्मलगायत दर्जनौँ गीत दर्शकको मनमा बस्न सफल छन्। गीतमा हाँसोसँगै चेतना पनि मिसाउन माहिर लुर्इंटेलको ‘सुनको सिक्रि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
सार्वजनिक गीतले आफ्नो जीवनसाथीलाई धोका दिनेहरुलाई व्यंग्य गरेको छ। वैदेशीक रोजगारले निम्त्याएको बिचलनलाई गीतले व्यंग्य कस्दै चेतना जगाउने काम गरेको छ। श्रीकृष्ण लुईटेलको शब्द रहेको गीतमा उनलाई मनिषा पोख्रेलले स्वरमा साथ दिएकी छिन्। युवराज वाईबाको निर्देशनमा तयार भएको भिडियोमा सन्तोष, सन्जी, सुरज, रोशनी, निरज, ऋचासगै उनी आफु पनि देखिएका छन्।