२०७२ महाभूकम्पको प्रभावमा ‘कथा ७२’


२०७२ महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको चलचित्र ‘कथा ७२’ फस्ट लुक सार्वजनिक भएको छ। प्रवीण स्याङ्बोले लेखन, निर्देशन गरेको चलचित्रको युट्युवमा टिजर रिलिज गर्दै फस्ट लुक्स सार्वजनिक भएको हो। लोकल सिनेमा प्रा.लिको निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको ‘कथा ७२’ आउँदो वर्ष २०७५ को वैशाखमा प्रदर्शनमा आउने तयारीमा छ। यस चलचित्रलाई ‘सन डान्स् अन्तर्राष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका हुन्।

‘कथा ७२’ को १ मिनेट ५८ सेकेन्डको टिजरमा सिन्धुपाल्चोक प्रशिद्ध उच्च पहाडी क्षेत्र पाँचपोखरी, भोताङ लगायतको क्षेत्रका सुन्दर दृश्यहरु समेटिएका छन्। मानवीय यात्रामा भूकम्पको प्रभावलाई प्रतिकात्मक दृश्यमा देख्न सकिन्छ। टिजरसंगै चलचित्रको पहिलो पोस्टर पनि सार्वजनिक गरिएको हो। मौलिक कथावस्तुमा चलचित्र निर्माण गर्ने अभियानका साथ लोकल सिनेमाले आफ्नो पहिलो प्रस्तुतिको रुपमा ‘कथा ७२’ प्रदर्शनमा ल्याउने तयारी गरेको हो। ‘कथा ७२’को आकाश पौडेल, सुशान्त श्रेष्ठ र प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेल निर्माता रहेका छन्।

प्रवीण स्याङबोको पुनरागमन
यसै चलचित्रबाट निर्देशक प्रवीण स्याङबो करिव पाँच वर्षपछि दर्शकहरु माझ आउँदैछन्। यो उनको दोस्रो चलचित्र हो, यसअघि प्रवीणले २०६९ मा ‘अध्याय’ निर्देशन गरेका थिए। त्यस्तै मुख्य भूमिकामा रहेका अभिनेता आकाश मगर पनि केही वर्षको अन्तरालपछि यस चलचित्रबाट दर्शकहरु माझ आउँदै छन्। चलचित्रमा आकाशसँगै सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी, रोमस लगायतको अभिनय छ।

SUBSCRIBE 👉