फेरि जुर्मुराए गजित


gajit-bistaग्ल्यामर नेपाल, काठमाडौँ । फिल्ममा सफल हुन अभिनय, एक्सन र नृत्य कौशल मात्र होइन्, बानीब्यहोरा पनि सरल हुनुपर्छ। ‘मायाज बार’ डेब्यु एक्टर गजित विष्टले यो कुरा राम्रोसँग बुझेका छन्। किनभने क्षमता भएर पनि घमन्डी स्वभावको कारण फिल्मी क्षेत्रबाट बढारिएकाहरुलाई उनी आफैंले देखेका छन्। र, आफू पनि त्यही क्याटोगोरीमा पर्न चाहदैनन्। सोही कारण ‘मायाज बार’ रिलिज भएसँगै उनको व्यस्तता पनि बढ्यो। भटाभट चार फिल्ममा अभिनय गरे। तीमध्ये ‘सुपारी’, ‘लभ फरएभर’ र ‘तोरी लाहुेर’ रिलिज भए। अर्को फिल्म ‘गल्ली’ रिलिजको क्रममा छ। तर दुखको कुरा तीनै फिल्म ब्यावसायिक रुपमा अब्बल सावित भएनन्।

फ्लप फिल्मको हयाट्रिक गरेपछि गजितको व्यस्ततामा केही सुस्तता आयो। तर सुव्रत आचार्य निर्देशित फिल्म ‘अधकट्टी’मा अभिनय गरेपछि भने उनको व्यस्तता फेरि चुलिएको छ। ‘अधकट्टी’पछि उनले फिल्म पुनर्जन्मको सुटिङ सकाए। जसमा उनलाई आर्मीको भूमिकामा देख्न सकिन्छ। हाल उनी फिल्म ‘धौली’मा व्यस्त छन्। घनश्याम लामिछाने निर्देशित यो फिल्ममा गजितले अनु शाहसँग रोमान्स गरिरहेका छन्। पोखराका विभिन्न रमणिय स्थानमा फिल्मको छायाँकन भइरहेको छ। अन्य फिल्मबाट पनि प्रस्ताव आइरहेको गजितले जानकारी दिए। म्युजिक भिडियो र स्टेज शोहरुमा पनि भ्याईनभ्याई छ। भन्छन्, “सफलताबाट नमात्तिने र असफलताबाट नआत्तिने भएका कारण म कामविहीन हुनुपरेको छैन्।”

SUBSCRIBE 👉