कुनै समय यस्तो पनि थियो, राजेश हमाललाई सुटिङ् युनिटले घन्टौँ पर्खनु पर्थ्यो। सूर्योदयको दृश्य खिच्नुपर्नेमा उनी अस्ताउने बेला कपाल मिलाउँदै पुग्थे। एकै दिन तीन-चार फिल्मको सुटिङ् भ्याउनुपर्ने भएकाले पनि भनेको बेला सेटमा पुग्न सक्दैनथे। यी सबै कुरा अहिले एकादेशको कथाजस्तै भएको छ। तर, पछिल्लो दुई वर्षयता उनको माग ह्वात्तै घटेको छ। वर्षमा तीनवटा फिल्म पाउन हम्मेहम्मे छ। त्यसैले अचेल उनी भनेकै समयमा सुटिङ् सेटमा पुग्न थालेका छन्। सुटिङ् भइरहेको फिल्म मुखौटाको सेटमा राजेश समयमै उपस्थित भइरहेका छन्। कहिलेकाहीँले सेट तयार हुनुअगाडि नै उनी स्पटमा पुगिसकेका हुन्छन्। टेक लिने बेला भएको छैन भने पत्रिका पढेर वा मजाक गरेर समय बिताउँछन्। तर, बुढेसकाल लागेपछि सुध्रिएको बानीले उनलाई खासै फाइदा पुर्याउने देखिँदैन। – नेपाल साप्ताहिक
भर्खरै पोस्ट गरिएको
सम्बन्धित थप पोस्टहरु
नायक राजेश हमालको ‘मन बूढो भएन’
नेपाली चलचित्रमा महानायकको उपाधि पाएका राजेश हमाल गायक बनेका छन् । उनले ‘मन बूढो भएन’ बोलको गीतमा स्वर दिएका छन् । उक्त गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ ।...
मधु भट्टराईसँग राजेश हमालको लकडाउन लाइफ [फोटो फिचर]
३० वर्षअघि वैशाखमा राजेश हमालको पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ छायांकन थालिएको थियो। त्यस हिसावले हमालको करिअरले यसै महिनादेखि तीन दशक पूरा गर्यो। तीन दशकमा तीन...
आफ्नै भिडियोले सुष्मालाई तनाव!
लकडाउनले गर्दा घरैमा थुुनिएका दर्शकहरू अहिले समय कटाउन अनेक क्रियाकलापमा व्यस्त छन्। पुरानो फोटोमा कमेन्ट गर्ने ट्रेन्ड त मौलाएकै थियो, अहिले आएर कलाकारका पुराना...
को बन्छ करोडपति: नेपालीलाई करोडपति बनाउँदै राजेश हमाल
अन्तर्राष्ट्रिय रुपमै लोकप्रियता हासिल गरेको कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’को नेपाली संस्करण ‘को बन्छ करोडपति नेपाल’ को सञ्चालन अभिनेता राजेश हमालले...
राहत वितरणमा नायक राजेश हमाल (तस्विरहरु)
नायक राजेश हमालले सर्लाहीका बाढी पिडितलाई राहत वितरण गरेका छन्। सर्लाहीको सकरौल, सिवनगर, बिनगर्राका पिडितले राहात नपाएको खबर सञ्चार माध्यमहरुमा प्रकाशित भएपछि राहत...
राजेश र मधुलाई ‘पहिलो भेट’को सम्झना कसले गरायो ?
अभिनेता राजेश हमाललाई उनकी धर्मपत्नी मधु भट्टराईले पहिलो पटक भेटेको अवसर कुन थियो होला ? आफ्ना श्रीमान् तथा अभिनेता हमालसँग आफ्नो जीवनकै पहिलो विज्ञापनमा अभिनय गर्ने...