कोहिनूरलाई पिजी, श्रीकृष्णलाई भेट्न गए दाजु मिन


Kohinoor-Film
ग्ल्यामर नेपाल, काठमाडौं । श्रावण २३ देखि प्रदर्शन हुने फिल्म ‘कोहिनूर’ले सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । फिल्मका निर्देशक आकाश अधिकारीका अनुसार फिल्ममा रहेका केही दृश्य अभिभावक बिना बालबालिकाले हेर्न नमिल्ने भन्दै सेन्सर बोर्डले उक्त सर्टिफिकेट दिएको हो । अभिनेता श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको फिल्ममा श्रीकृष्णकी श्रीमति स्वेता खड्काले नायिकाको भूमिकामा अभिनय गरेकी छन् ।

यसैबीच हनिमुन मनाउन जाँदा बिरामी परेका श्रीकृष्ण स्वदेश नफर्केपछि उनको स्वास्थ्य अवस्था बुझ्न दाई मिन श्रेष्ठ नयाँदिल्ली पुगेका छन् । समाचार स्वेताले श्रीको बारेमा पूर्ण जानकारी परिवारमा नगराएपछि श्रीका दाई दिल्ली पुगेका हुन । गत हप्ता फिल्मको पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले हप्ता दिन भित्र श्रीकृष्ण स्वदेश फर्कने बताएका थिए ।

SUBSCRIBE 👉