प्रभात र स्मारिका अभिनित ‘मुगलान’को ‘मेरो प्रियतम’ गीत रिलिज

फिल्म रिलिज मिति नजिकिदै गर्दा ‘मुगलान’ निर्माण पक्षले ‘मेरो प्रियतम’ गीत रिलिज गरेको छ। गीतको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई फिचार्ड छन्।


Prabhat Pal and Smarika Dhakal in a romantic scene from the Nepali movie Muglan.

Prabhat Pal and Smarika Dhakal in a romantic scene from the Nepali movie Muglan.

फिल्म ‘मुगलान’को गीत ‘मेरो प्रियतम’ रिलिज भएको छ। फिल्म निर्माण पक्षले फिल्म रिलिज मिति नजिकिदै गर्दा उक्त गीत रिलिज गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई फिचरिङ गरिएको छ। यसअघि ‘मुगलान’मा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज गरिएको थियो।

गीतमा प्रताव दास र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ भने यस गीतलाई सिर्जना लम्सालले लेखेकी हुन्। किरण भुसालको संगीत रिदम कँडेलको संगीत संयोजन रहेको यस गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन्। यस गीतको कोरियाग्राफी देबेन्द्र कुँवरको छ भने छायांकन अजय रेग्मीको छ।


‘मुगलान’को ‘मेरो प्रियतम’ भिडियो गीत हेर्न यहाँ क्लिक गर्नुहोस्


रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’मा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालका अलवा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारले अभिनय गरेका छन्।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन्। निर्माता सिंहको यो डेब्यु निर्माण हो। त्यसै गरि यो फिल्मको को–प्रोड्युसरमा रिता चौधरी रहेकी छन्।

यो फिल्म पुष १० गते (डिसेम्बर २५) बाट अल नेपाल रिलिज हुदैछ।


ALSO READ: ‘कुमारी’को गीत ‘कता छौ मेरो फूल’ सार्बजनिक, ‘भ्यालेन्टाइन डे’ नजिक फिल्म रिलिज मिति तय


SUBSCRIBE 👉