
Subekshya Khadka and Ashwasan Joshi during their traditional wedding ceremony.
अभिनेत्री तथा मिस नेपाल इन्टरनेशनल Subekshya Khadka (सुवेक्षा खड्का) वैवाहिक जीवनमा प्रवेश गरेकी छन्। उनले आफ्ना प्रेमी आश्वासन जोशी सँग सोमबार विवाह गरेकी हुन्।
करिब तीन वर्ष लामो प्रेम सम्बन्धपछि उनीहरूले सम्बन्धलाई औपचारिक रूपमा वैवाहिक बन्धनमा परिणत गरेका हुन्। सुवेक्षाले पहिलोपटक आफ्नो प्रेम सम्बन्ध २०७९ साल पुस महिनामा सार्वजनिक गरेकी थिइन्, त्यसयता उनीहरू सामाजिक सञ्जालमा समेत खुलेर देखिँदै आएका थिए।
विवाह कार्यक्रम पारिवारिक सदस्य र निकट साथीभाइबीच सम्पन्न भएको बुझिएको छ। दुवैले आफ्नो व्यक्तिगत जीवनलाई धेरै हदसम्म निजी राख्दै आए पनि यो खबरले फ्यानहरूमा उत्साह थपेको छ।
सुवेक्षा खड्का सन् २०१२ मा ‘Miss Nepal International’ को ताज जितेपछि चर्चामा आएकी थिइन्। त्यसपछि उनले नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दै ‘रणवीर’बाट अभिनय यात्रा सुरु गरेकी थिइन्। उनले ‘प्रेमा’ र ‘चित्रा’ लगायत केही फिल्ममा अभिनय गरेकी छन्।
उनका पति आश्वासन जोशी हाल अमेरिकामा बसोबास गर्दै आएका छन्। विवाहपछि सुवेक्षा पनि केही समय अमेरिका बस्ने सम्भावना छ।
मोडेलिङ, सौन्दर्य प्रतियोगिता र अभिनयमा आफ्नो छुट्टै पहिचान बनाएकी सुवेक्षाको वैवाहिक जीवन यात्रा शुखमय रहोस् – ग्ल्यामर नेपाल परिवारको तर्फ बाट धेरै धेरै शुभकामना।
यो पनि पढ्नुहोस्: गायिका सुनिता दुलालले आफ्नो प्रेमी सँग कसिन लगनगाँठो
