चलचित्र पत्रकार खनाल निश्कासित


Kiran-Khanalग्ल्यामर नेपाल, काठमाडौं । चलचित्र पत्रकार संघको केन्द्रीय कार्यसमितिको औपचारिक बैठकमा तीन पटक भन्दा बढी लगातार रुपमा अनुपस्थित रहि विना कुनै जानकारी संयुक्त राज्य अमेरिका गएको खुल्न आएपछि संघका कार्यसमिति सदस्य किरण खनाललाई संघको अनुशासन उल्लंघन गरेको ठहर गर्दै साधारण सदस्यबाट निश्कासन गरेको छ ।

संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा शुक्रबार बसेको बैठकले नेपालमा रहेरै आफ्नो राजीनामा पेश गर्न सक्ने अवस्था हुँदाहुँदै उक्त कार्य नगरी संघको इमेल र सामाजिक सञ्जालमार्फत संघले सोधखोज गरेपछि मात्र सार्वजनिक रुपमा पेश गरेको राजीनामाले थप अनुशासन उल्लंघन गरेको ठहर गर्दै संघको कार्यसमितिलगायत साधारण सदस्यसमेत नरहने गरी निश्कासन गर्ने निर्णय गरेको हो ।

खनालको स्थानमा चलचित्र पत्रकार संघका सदस्य प्रदिप कार्कीलाई चलचित्र पत्रकार संघको कार्यसमितिको सदस्यमा मनोनित गर्दै पदपूर्ति गर्ने निर्णय गरेको छ । यस्तै संघले पत्रकारहरु दयाराम घिमिरे, श्यामसुन्दर गिरी, राम थापा, गणेशप्रसाद विमली(दीप), राजाराम फुँयाल, महेश लिम्बु र महेश्वरमान सिंहलाई संघको साधारण सदस्य दिने निर्णय गरेको छ ।

हेटौडामा आगामी भाद्र २६ गतेदेखि २८ गतेसम्म आयोजना गर्न लागिएको चलचित्र पत्रकारिता कार्यशाला गोष्ठीका लागि स्थानीय संयोजन गर्ने जिम्मा चलचित्र पत्रकार संघ मकवानपुरलाई दिनुका साथै स्थानीय संयोजकका रुपमा कार्य गर्न हेटौंडा शाखाका सचिव मणिराज गौतमलाई जिम्मा दिने निर्णय पनि गरेको छ ।

SUBSCRIBE 👉