रोमान्टिक देखिए माग्ने बुढा र मैया (भिडियो)


Magne-BUdaग्ल्यामर नेपाल, काठमाडौं ।
चर्चित हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा एकताका केदार घिमिरे ‘माग्ने बुढा’ र उनकी पर्दाकी श्रीमति सुनिता गौतम ‘मैया’को जोडी निकै जम्यो । अहिले यो जोडी म्युजिक भिडियोमा पनि आफुलाई लिएर आएका छन् । श्रीदेवी देवकोटा र प्रकाश कटुवालको स्वर रहेको ‘चोर बिरालो’ बोलको गीतमा जोडीले माया प्रेमको गन्थन अनि विवाह हुन नपाएको दुखेसो पोखेका छन्। भिडियोका निर्देशक शंकर बिसी हुन् ।

भिडियोमा यो सुरवीर पण्डितले पनि अभिनय गरेका छन् । बिनोद ढकालको शब्दमा तयार भएको गीतमा सागर ढकालको संगीत रहेको छ । गीतलाई अन्नपूर्ण भिजनले बजारमा ल्याएको हो ।

SUBSCRIBE 👉