माघ २३ मा सुनपानी


Sunpani-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
सनातन कालदेखि हालसम्म नेपाली समाज लगायत संसारभरि कुनै न कुनै रुपमा व्याप्त जातीय छुवाछुत र बर्गीय असमानतालाई आधार बनाएर तयार गरिएको फिल्म ‘सुनपानी’ माघ २३ बाट अल नेपाल रिलिज हुने भएको छ ।

गुञ्जन एण्ड कुसुम फिल्मस्को ब्यानरमा लायन चेतबहादुर सिंह(राजा)को निर्माण र सबिन बास्तोलाको निर्देशन रहेको फिल्मको बिशेष प्रदर्शन पोखरा,बुटवल,काठमाडौंलगायतका स्थानमा भईसकेको छ । निर्देशक बास्तोलाकै कथामा लक्ष्मण लम्सालको पट्कथा, गणेशकुमार श्रेष्ठको छाँयाकन, बिमलराज क्षेत्रीको सँगीत, कमल खालिग र नीशा शाहको नृत्य निर्देशन रहेको छ ।

नेपाली समाजमा अभिशापको रुपमा बिद्यमान जातीय बिभेद र मान्छे मान्छे बिचको फरक ब्यवहार प्रति अत्यन्तै मौलिक परिवेश समेटेर निर्माण भएको फिल्ममा नविन तिम्सिना, आशा भुसाल, सबिन बास्तोला, अग्रज के.सी., तारा के.सी, चेतकहादुर सिंह, स्वस्तिका लामिछाने, बुद्धिसागर खनाल, दिलिप तामाङलगायत रहेका छन् ।

SUBSCRIBE 👉