पार्टी क्रेजीहरूमाझ डिजे मैच्याङको क्रेज


अहिले बजारमा लेडिज डिजेको माग ह्वात्तै बढेको छ । उनीहरूलाई सधैं भ्याइनभ्याइ हुन्छ । महिला डिजेहरूलाई लोभलाग्दो ज्यानले साथ दिए सुनमा सुगन्ध मानिन्छ । यस्तै अवसरलाई भरमग्दुर सदुपयोग गरिरहेकी छिन् डिजे मैच्याङले पनि । भर्खरै डिजेइङ गर्न थालेकी मैच्याङ नेपाली डिजे बजारमा हिट मानिन्छिन् । डिजेइङ क्षमतासँगै आकर्षक शरीरले पनि उनलाई साथ दिएको छ । त्यसैले पनि उनको पार्टीमा हूलका हूल युवा पुग्छन् ।
Dipika-kc-DJ-Maichyang१६ वर्षीय दीपिका केसी अहिले पार्टीक्रेजीहरूमाझ डिजे मैच्याङका नामले चर्चित छिन् । काठमाडौं, धापासीकी केसी हातमा गन्न सकिने नेपालका क्षमतावान् महिला डिजेमध्ये एक हुन् । उनी प्रायः आफ्नो प्रस्तुतिमा कमर्सियल, हाउस तथा डर्टी डच टाइपका गीत जाउँछिन् । मैच्याङले राजधानीका चर्चित क्लबहरूमा पनि डिजेइङको स्वाद चखाइसकेकी छिन् । उनले राजधानीको इन्सोमेनिया र प्लाटिनम, पोखराको अक्सिजन क्लब तथा बुटवलको ब्लुरुममा पनि डिजेइङ गरिसकेकी छिन् । डिजे मैच्याङले क्लबमा भन्दा पनि इभेन्टमा डिजेइङ गर्ने गरेकी छिन् । भविष्यमा सफल लेडिज डिजे बन्ने डिजे मैच्याङ भन्छिन्-डिजेइङनै मेरो चाहना हो ।
– भीषण राई / तस्बिर: सिजन मिडिया
– कान्तिपुर साप्ताहिक

SUBSCRIBE 👉