आर्यन र नम्रताले गरे ‘क्लोथ्स् नेपाल’ फेशन स्टोर उद्घाटन । ‘क्लासिक’का लागि वर्डड्रप सहकार्य


  • आर्यन नम्रताले गरे ‘क्लोथ्स् नेपाल’ फेशन स्टोर उद्घाटन
  • ‘क्लासिक’का लागि ‘क्लोथ्स् नेपाल’ को वर्डड्रप सहकार्य
  • फिल्म निर्माण, प्रचारप्रसार एवंम प्रदर्शनका निमित्त स्वागतयोग्य कदमको थालनी
  • ‘क्लासिक’ आउदो बैशाख १५ बाट छायांकनमा जाने

बिग ब्यानरको रुपमा परिचित सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसंगको सहकार्यमा निर्माण गर्न लागिएको दोश्रो चलचित्र ‘क्लासिक’ले अफिसियल ब्राण्डीङ्गको सुरुवात गरेको छ। ‘क्लोथ्स् नेपाल’ नामक वर्डड्रप संस्थामार्फत अफिसियल ब्राण्डीङ्गको सुरुवात गरेको चलचित्र ‘क्लासिक’ निर्माणका क्रममा प्रयोग हुने सम्पूर्ण पोसाकको ब्यबस्थापन सहकार्य उक्त संस्थाले गर्नेछ।

Aryan-Sigdel-Namrata-Shrestha-Classic-Nepali-Movieअनलाइनमार्फत आफ्नो ब्यापार ब्यबसाय संचालन गर्दै आएको ‘क्लोथ्स् नेपाल’ले बिहिबार राजधानीमा चलचित्र ‘क्लासिक’का प्रमुख पात्रद्वय आर्यन सिग्देल र नम्रता श्रेष्ठबाट आफ्नो स्टोरको औपचारिक सुरुवात गरेको छ। आर्यन र नम्रतासंगै ‘क्लासिक’ निर्देशक दिनेश राउत, लाईन प्रोड्युसर जीवन भाई, ब्राण्ड म्यानेजर अतुलराज मैनाली लगायतले नयाँ स्टोरको सफलताको सुभकामना दिए।

संचालनमा ल्याइएको स्टोरमा युवापुस्ताको रोजाईका सम्पूर्ण ड्रेस सामग्री उपलब्ध हुने ‘क्लोथ्स् नेपालका संचालन रघु थापाले जानकारी दिएका छन्। “चलचित्र ‘क्लासिक’बाट आफ्नो पोसाक ब्यबस्थापन सहकार्य गर्न पाउदा निकैनै आभारी भएको र नेपाली चलचित्रसंगको आफ्नो यो पहिलो आधिकारिक सहकार्यलाई ‘क्लोथ्स् नेपाल’ले निकैनै ठुलो सहकार्य मानेको समेत संचालक थापाले बताएका छन्।

‘मेरो एउटा साथी छ’ मार्फत दर्शकको मनमा बस्न सफल आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी ‘नोभेम्बर रेन’ पश्च्यात सबैभन्दा उत्कृष्ट सिने जोडीको रुपमा स्थापित भएका हुन्। ‘आइ एम सरी’ र ‘नोभेम्बर रेन’ जस्ता ब्यबसायिक सफल चलचित्र निर्देशन गरिसकेका दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘क्लासिक’मा ‘नोभेम्बर रेन’ जोडी क्लासिकमा पुन: दोहोरिदै छन्।

म्युजिकल रोमान्टिक ड्रामा जनर भइएको लवस्टोरी बेस चलचित्र ‘क्लासिक’ आउदो बैशाख १५ बाट छायांकनमा जाने बताईएको छ। सुवास गिरीको लगानीमा कमल गिरीले निर्माण सहयोग गर्ने चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, राजेश श्रेष्ठको छायांकन तथा छेतन गुरुङको कथा लेखन रहको छ।

यसै बीच, ब्राण्डीङ्का यस्तै सहकार्य विभिन्न कर्पोरेट हाउसहरुसंग समेत हुन लागेको चलचित्रका ब्राण्ड म्यानेजर अतुलराज मैनालीले जानकारी दिएका छन्। ब्राण्डीङ् सहकार्यको यो सुरुवातले चलचित्र निर्माण, प्रचारप्रसार एवंम प्रदर्शनका निमित्त स्वागतयोग्य कदमको थालनी समेत गरेको छ।

SUBSCRIBE 👉