वृत्तचित्र अठोटको प्रदर्शन


काठमाडौं । एक अपाङ्ग व्यक्तिले आफु अपाङ्ग हुँदा हुँदै पनि अन्य अपाङ्ग व्यक्तिहरुलाई गरेको सहयोगका बारेमा निर्माण गरिएको वृत्तचित्र ‘अठोट’को राजधानीमा फष्टलुक सार्वजनिकसँगै प्रदर्शन पनि गरिएको छ । फिल्म निर्देशक तथा निर्माता आरबीके शरदले निर्माण गरेको भिडियोको मन्त्रीपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिस खिलराज रेग्मीले सार्वजनिक गरे ।
Athot Documentryभिडियोले अपाङ्ग व्यक्ति तिलबहादुर कार्कीको कथालाई प्रस्तुत गरेको छ । वृत्तचित्र जोइन्ड डिसेबल युनिटी आवाज सेन्टर र ननस्टप क्रिएसनले सयुक्त रुपमा निर्माण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि रेग्मीले अपाङ्ग व्यक्तिका बारेमा निर्माण गरिएको भिडियोले अन्य अपाङ्गलाई पनि राम्रो काम गर्न प्रोत्साहन मिल्ने बताए ।

SUBSCRIBE 👉